मंगलबार, मंसिर ९, २०८२

नर्दन टेरिटोरिविरुद्ध फिल्डिङमा नेपाल

मेरोन्यूज २०८२ साउन ३० गते १४:२०

काठमाडाैं । टी-२० विश्वकप एसिया छनोट तयारीअन्तर्गत अस्ट्रेलियामा जारी टप इन्ड टी-२० क्रिकेट सिरिजमा घरेलु टोली मर्दन टेरिटोरी स्ट्राइकर्सविरुद्ध पहिले फिल्‍डिङ गर्ने भएको छ।

नेपाली समयअनुसार दिउँसो सवा २ बजे अस्ट्रेलियाको डार्बिनमा सुरु हुने खेलमा टस जितेर नेपालले फिल्डिङ रोजेको हो।

आईसीसी टी–२० विश्वकप छनोटको तयारीस्वरूप नेपालले विभिन्न क्लबसँग अभ्यास खेल्दै छ ।

नेपालले अगस्ट १६ मा बंगलादेश ‘ए’सँग, अगस्ट १८ मा मेलबर्न स्टार्ससँग, अगस्ट १९ मा होबर्ट हुरिकेन्ससँग, अगस्ट २० मा मेलबर्न रेनेगाड्र्ससँग र अगस्ट २२ मा पाकिस्तान साहिन्ससँग खेल्ने तालिका छ ।

प्रतिक्रिया