‘नाडा अटो शो २०२५’मा फोटोन र सोकोनले युनिट्री ह्युमानोइड रोबोटको प्रत्यक्ष अनुभव गराउने

काठमाडौं । आगामी अगस्ट १९ देखि भदौ २४ सम्म काठमाडौंको भृकुटीमण्डपमा हुने नाडा अटो शो २०२५ मा फोटोन र सोकोनले यसपटक विशेष आकर्षणसहितको उपस्थिति जनाउने भएका छन्।
यस वर्ष कम्पनीले अत्याधुनिक युनिट्री ह्युमानोइड रोबोटको प्रत्यक्ष अनुभवसमेत स्टलमा उपलब्ध गराउने तयारी गरेको छ।
फोटोनले आफ्नो लोकप्रिय टुनल्यान्ड पिकअपका लागि स्टल नम्बर ए ७ राखेको छ। यसमा नेपालका कठिन अफ–रोड गन्तव्यहरूमा २३ दिनमै यात्रा पूरा गरेर इतिहास रचेको टुनल्यान्ड पिकअप देखाइनेछ।
उच्च ग्राउन्ड क्लियरेन्स, शक्तिशाली इन्जिन र मजबुत सस्पेन्सनका कारण यो व्यक्तिगत तथा व्यवसायिक दुवै प्रयोजनका लागि उपयुक्त मानिन्छ। यसपटक टुनल्यान्ड जी ७ डिजेलसहित दुई नयाँ मोडलको पहिलो झलक पनि प्रदर्शित हुनेछ।
फोटोनको स्टल नम्बर झे ४ मा कम्पनीको अन्य सवारीसाधन, विशेषगरी माउन्टेन ईभी र टीएम १ मोडलहरू देखाइनेछन्। सोकोनको स्टल नम्बर जे ६ मा भने वातावरणमैत्री विद्युतीय भ्यान प्रदर्शनमा रहनेछ, जुन शहरी तथा आसपासका क्षेत्रमा सहज र प्रदूषणमुक्त यातायातका लागि उपयुक्त मानिन्छ।
स्टलमा आगन्तुकहरूले युनिट्री ह्युमानोइडसँग प्रत्यक्ष संवाद गर्दै उन्नत रोबोटिक्स प्रविधिको अनुभव लिन सक्नेछन्। साथै ब्रान्ड प्रतिनिधिसँग प्रत्यक्ष छलफल, नयाँ मोडल अवलोकन, विशेष अफर र फाइनान्स सुविधाको जानकारी पनि पाउन सकिनेछ।
फोटोन टुनल्यान्ड पिकअपका लागि स्टल ए ७, फोटोन ईभी र टीएम १ का लागि जे १ तथा सोकोन विद्युतीय भ्यानका लागि जे ६ अवश्य भ्रमण गर्न आयोजकले आग्रह गरेका छन्। अग्रिम दर्ता गर्ने आगन्तुकले आकर्षक उपहार जित्ने अवसरसमेत पाउनेछन्।
















बुद्धका उपदेशले विश्वलाई शान्तिको सन्देश दिएको छः परराष्ट्रमन्त्री
बल्खु र वंशीघाट क्षेत्रका सुकुम्बासी बस्ती हटाइँदै
प्रदेश स्तरीय बाह्रसिङ्गा ब्याडमिन्टन प्रतियोगिता सुरु
सुनचाँदीको मूल्य वृद्धि, आजको कारोबारको मूल्य कति ?
बुद्धको जन्मजयन्तीको शुभकामना दिंदै प्रधानमन्त्री बालेन- ‘साँचो क्रान्ति ‘क’ बाट होइन ‘ज्ञ’ बाट सुरु हुन्छ’
बुधबार साँझदेखि तीव्र गतिको हावाहुरीसहित वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन आग्रह
मुस्ताङ अस्पतालमा सुरक्षित गर्भपतन सेवा : सेवाग्राही अझै अनविज्ञ, चारआवमा १८८ जनाले लिए सेवा
जनताको चाहना र भूगोललाई हेरेर नीति बन्नुपर्छ मुख्यमन्त्री बानियाँ
कांग्रेसले भन्याे – बहुमत हुँदाहुँदै अध्यादेशको बाटो रोज्नु खतरनाक संकेत
गोल्छालाई २४ घण्टाभित्र उपस्थित गराउन सर्वोच्चको आदेश
प्रतिक्रिया