६००० एमएएच ब्याट्री भएको ओप्पो ए५एक्स नेपालमा, कति पर्छ मूल्य ?

काठमाडौं । ओप्पोले नेपाली बजारमा आफ्नो ‘ए’ सिरिज अन्तर्गत नयाँ स्मार्टफोन ‘ओप्पो ए५एक्स’ सार्वजनिक गरेको छ।
विशेषगरी टिकाउपन र लामो समय चल्ने ब्याट्रीलाई प्राथमिकतामा राखेर डिजाइन गरिएको यो फोन शुक्रबारदेखि बजारमा उपलब्ध भएको छ।
कम्पनीका अनुसार, फोनमा सैनिक-स्तरको झटका प्रतिरोधी क्षमता र आईपी६५ रेटिङको पानी तथा धुलो प्रतिरोधी सुविधा छ। यसको मजबुत फ्रेम र वाटरप्रुफ युएसबी-सी पोर्टले फोनलाई दैनिक प्रयोगमा हुने सामान्य क्षतिबाट जोगाउँछ।
ओप्पो ए५एक्सको अर्को मुख्य विशेषता यसको छ हजार मिलिएम्पियर क्षमताको ब्याट्री हो। कम्पनीले यो ब्याट्री पाँच वर्षसम्म टिकाउ हुने दाबी गरेको छ।
यसमा ४५ वाटको ‘सुपरभोक’ फ्ल्यास चार्जिङ सपोर्ट छ, जसले ८४ मिनेटमा फोनलाई पूर्ण चार्ज गर्न सक्छ। एक पटकको चार्जमा १६ घण्टाभन्दा बढी भिडियो हेर्न वा २६ घण्टाभन्दा बढी कुराकानी गर्न सकिने कम्पनीको भनाइ छ।
यो फोन स्न्यापड्रागन ६एस जेन १ प्रोसेसरबाट सञ्चालित छ। प्रयोगकर्ताले सहज मल्टिटास्किङ अनुभव गर्न सकुन् भनेर यसमा र्याम विस्तार गर्ने सुविधा पनि दिइएको छ।
फोटोग्राफीका लागि फोनमा ३२ मेगापिक्सेलको मुख्य क्यामेरा, २ मेगापिक्सेलको डेप्थ क्यामेरा र ५ मेगापिक्सेलको फ्रन्ट क्यामेरा दिइएको छ।
ओप्पो ए५एक्स मिडनाइट ब्लू र लेजर ह्वाइट गरी दुई रङमा उपलब्ध छ। यसको ४ जीबी + ६४ जीबी भेरियन्टको १५ हजार रुपैयाँ पर्दा ४ जीबी + १२८ जीबीलाई १८ हजार र ६ जीबी + १२८ जीबी भेरियन्टलाई २० हजार रुपैयाँ पर्छ।
















दुईदिने बिदालाई कार्यान्वयन गराउन नेपाल शिक्षक महासङ्घ दृढ
वर्षापछि काठमाडौँ उपत्यकाको वायुको गुणस्तरमा सुधार
उपसभामुख ठाकुरको स्वास्थ्यमा सुधार
मध्यपूर्व तनाव चर्किंदा तेलदेखि कूटनीतिसम्म असर
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
सरकारले सुकुम्बासीमाथि कारबाही गर्दा पूर्वतयारी नपुगेको महसुस भयाे : महामन्त्री पौडेल
हप्तामा एक पटक खाना पकाउँदा पनि घट्छ बिर्सने राेगकाे जोखिम
हर्मुज खुलाउन इरानको प्रस्ताव, वार्ता अन्योलमा
सशस्त्र प्रहरीको आईजीपीमा नारायणदत्त पौडेल
प्रतिक्रिया