महाव्याधिमा पनि रोकिएन कालोबजारी
७ सय पर्ने अक्सिमिटरलाई ३५ सय रुपैयाँमा बेच्ने व्यक्ति पक्राउ

काठमाडौँ । कोरोना भाइरस (कोभिड–१९)को नयाँ भेरियन्ट तीव्र गतिमा फैलिएसँगै नेपालमा स्वास्थ्य सामग्रीको चरम अभाव बढेको छ । अस्पतालहरुमा अक्सिजन, आइसियु, तथा कोरोना नियन्त्रणका लागि आवश्यक पर्ने स्वास्थ्य सामग्रीको अभाव हुन थालेको छ । यस्तो परिस्थितीको फाइदा उठाउँदै स्वास्थ्य सामाग्रीमा कालोबजारी भएको छ ।
कोरोना संक्रमितको अक्सिजन लेभल नाप्न प्रयोग हुने अक्सिमिटरको कालोबजारी गर्न ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखाले उनीहरूलाई पक्राउ गरेको हो । महाशाखाले ७ देखि ८ सय पर्ने अक्सिमिटरलाई ३५ सय रुपैयाँसम्म लिएर बिक्री गर्ने ७ जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा बायोप्लस फर्माका सञ्चालक २९ वर्षीय शिखर श्रेष्ठ, बाजुरा घर भएका २१ वर्षीय थुमराज उपाध्यय, नानोटेक फर्माका सञ्चालक २७ वर्षीय शेषकान्त अधिकारी, चिरायू केडी ग्रुपका ३९ वर्षीय पुष्कर घिमिरे, अहा इन्डष्ट्रिज प्रालिका सञ्चालक ४४ वर्षीय विशाल आचार्य, सिन्धुपाल्चोक घर भएका २१ वर्षीय सन्तोष भण्डारी र भारत राजस्थान घर भएका ५५ वर्षीय जगदीशप्रसाद रानासरियालाई पक्राउ गरेको हो ।

प्रहरीका अनुसार उनीहरुले ८ सयसम्म पर्ने अक्सिमिटरलाई ३५ सय रुपैयाँसम्म बिक्री गरेको पाइएको छ । प्रहरीले उनीहरुको विभिन्न फर्मा तथा औषधि पसलबाट ७ सय ६५ थान अक्सिमिटरसमेत बरामद गरेको महाशाखाले जानकारी दिए । प्रहरीले बरामद गरेको केही अक्सिमिटर नक्कली र कम गुणस्तरको भएको खुलेको छ ।
पक्राउ परेका सबैलाई कालोबजारी ऐनअन्तर्गत कारबाहीको प्रकृया अगाडि बढाएको छ । साथै, अन्यको संलग्नताबारे प्रहरीले अनुसन्धान थालेको छ ।

दया दुदराज
<span style="color: #343f4a; font-family: Mukta, sans-serif; font-size: 18.4px; text-align: justify;">मेराेन्यूजकर्मी दुदराज सुरक्षा, प्रशासन र सामाजिक घटना सम्बन्धी विषयमा कलम चलाउँछन् ।</span>
















मालपोत कार्यालयको सेवा प्रवाहमा अवरोध गर्ने १६ जना पक्राउ
इटालियन प्रिमियम मोटरसाइकल ब्रान्ड ‘मोर्बिडेली’ नेपाली बजारमा सार्वजनिक
पाँचथरमा जिप दुर्घटना हुँदा युवकको मृत्यु
राजस्व चुहावट नियन्त्रणका लागि कार्ययोजना बनाएर काम गर्न निर्देशन
NCP takes critical stand in parliament, Barsha Man Pun says
स्वास्थ्य बिमाबारे छलफलमा स्वास्थ्यमन्त्री मेहता
गृहमन्त्री गुरुङले गरे सशस्त्रका आईजीपी अर्यालसँग छलफल
ओली पक्राउको विरोधमा एमालेले देशव्यापी प्रदर्शन गर्ने
ठगीको अभियोगमा एक जना पक्राउ
बागमती प्रदेशकाे मन्त्रालय सङ्ख्या १४ बाट घटाएर ७ कायम गर्न कांग्रेसको आग्रह
प्रतिक्रिया