बिहीबार, मंसिर ११, २०८२

तोलामा ७०० ले घट्यो सुनको मूल्य, आज कतिमा हुँदैछ किनबेच ?

मेरोन्यूज २०८२ भदौ १ गते ११:५८

काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ७०० रुपैयाँले घटेर एक लाख ९५ हजार ५०० रुपैयाँ कायम छ । यसअघि छापावाल सुन प्रतितोला एक लाख ९६ हजार २०० रुपैयाँमा किनबेच भएको थियो ।

आयतबार चाँदीको मूल्य पनि तोलामा पाँच रुपैयाँले घटेको छ । चाँदी प्रतितोला दुई हजार ३१० रुपैयाँमा खरिद–बिक्री भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया