भारतीय विदेश सचिव मिस्रीले भेटे कांग्रेस सभापति देउवालाई

काठमाडौँ । नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव विक्रम मिस्रीले पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेटघाट गरेका छन् । देउवा निवास बुढानीलकण्ठ पुगेर मिस्रीले देउवालाई भेटेको देउवाले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् ।
भेटमा पारस्परिक विश्वास, सद्भावना र हाम्रो क्षेत्रमा समृद्धि र स्थिरताको लागि साझा आकांक्षामा निर्मित निकट र बहुआयामिक नेपाल–भारत सम्बन्धलाई अझ सुदृढ पार्ने विषयमा छलफल भएको देउवाले फेसबुकमा लेखेका छन् ।
‘हाम्रो छलफल पारस्परिक विश्वास, सद्भावना र हाम्रो क्षेत्रमा समृद्धि र स्थिरताको लागि साझा आकांक्षामा निर्मित निकट र बहुआयामिक नेपाल–भारत सम्बन्धलाई अझ सुदृढ पार्नमा केन्द्रित थियो,’ देउवाले लेखेका छन् ।
मिश्री आइतबार बिहान नेपाल भ्रमणमा आएका हुन् । उनले यसअघि सिंहदरबारमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग र शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलसँग शिष्टाचार भेट गरेका थिए ।










कर्मचारीलाई सामाजिक सुरक्षा कोषमा आवद्ध गराउन सञ्चारमन्त्रीको निर्देशन
बलिउडमा ‘नक्कली चमक’ विवाद : हेरफेर गरिएका समीक्षा र फुलाइएका अङ्कले विश्वसनीयता सङ्कट
कांग्रेसका युवा नेताहरुद्वारा ‘कांग्रेस सुधार अभियान’
पूर्व प्रधानमन्त्री शेख हसिनाको मृत्युदण्ड र बङ्गलादेशको राजनीतिक भविष्य
म्यानमारमा ठगीमा परेका ३७ नेपाली स्वदेश फर्काइए
मृत्युदण्डको सजायपछि शेख हसिनाले के भनिन् ?
जिपी कोइराला फाउन्डेशन अमेरीका च्याप्टरको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न
आज २०८२ साल मंसिर २ गते मंगलबारको राशिफल
बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई मृत्युदण्डको सजाय
आज २०८२ साल मंसिर १ गते सोमबारको राशिफल
प्रतिक्रिया