भारतीय विदेश सचिव मिस्रीले भेटे कांग्रेस सभापति देउवालाई

काठमाडौँ । नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव विक्रम मिस्रीले पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेटघाट गरेका छन् । देउवा निवास बुढानीलकण्ठ पुगेर मिस्रीले देउवालाई भेटेको देउवाले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् ।
भेटमा पारस्परिक विश्वास, सद्भावना र हाम्रो क्षेत्रमा समृद्धि र स्थिरताको लागि साझा आकांक्षामा निर्मित निकट र बहुआयामिक नेपाल–भारत सम्बन्धलाई अझ सुदृढ पार्ने विषयमा छलफल भएको देउवाले फेसबुकमा लेखेका छन् ।
‘हाम्रो छलफल पारस्परिक विश्वास, सद्भावना र हाम्रो क्षेत्रमा समृद्धि र स्थिरताको लागि साझा आकांक्षामा निर्मित निकट र बहुआयामिक नेपाल–भारत सम्बन्धलाई अझ सुदृढ पार्नमा केन्द्रित थियो,’ देउवाले लेखेका छन् ।
मिश्री आइतबार बिहान नेपाल भ्रमणमा आएका हुन् । उनले यसअघि सिंहदरबारमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग र शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलसँग शिष्टाचार भेट गरेका थिए ।
















विशिष्ट पदाधिकारी तथा कर्मचारीको इन्धन सुविधामा कटौती
वैदेशिक रोजगारीमा जाँदा यी कागजपत्र अनिवार्य रुपमा राख्न अनुरोध
यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर
आज चैत २४ गते मंगलबारको राशिफल, कस्तो रहला तपाइको आजको दिन ?
एकै दिन दुईवटा अमेरिकी लडाकु विमान खसाल्यो इरानले
ट्रम्पले दिए इरानलाई हर्मुज जलमार्ग खोल्न ४८ घण्टाको अन्तिम अल्टिमेटम
१५औँ महाधिवेशनको तयारीमा कांग्रेस : ‘जरा अभियान’ मा गाउँ तहसम्म पुग्ने
रातभर प्रहरीको ‘अपरेसन सेफ्टी काठमाडौं’ : १९५ जना पक्राउ
प्रतिक्रिया