सबैभन्दा सस्तोमा धेरै रेन्ज दिने जिनपिङ लिङ्बक्स ईभी नेपालमा (भिडियाेसहित)
काठमाडाैं । नेपालमै पहिलोपटकसबैभन्दा सस्तो मूल्यमा सबैभन्दा धेरै रेन्ज दिने इलेक्ट्रिक कार भित्रिएकाे छ।
चिनियाँ कम्पनी जिनपिङले निर्माण गरेको ‘लिङ्बक्स ईसी०१’ नामक यो इलेक्ट्रिक कार ठाकुर मोटर्स नेपालले भित्र्याएको हो ।
कम्पनिले यो गाडी भोलिबाट सुरु हुन लागेको नाडा अटो शो २०२५ मा सार्वजनिक गर्दैछ ।
कम्पनीको दाबी अनुसार, यो कार याे मूल्यको दायरामा उपलब्ध सबै कारभन्दा बढी रेन्ज दिन सक्षम छ।
दुई फरक भेरियन्टमा आउने लिङ्बक्स ईसी०१ काे बेस मोडेलमा १९.२६ किलोवाटको ब्याट्री राखिएको छ जसले करिब २४० किलोमिटर रेन्ज दिन्छ। अर्को प्रिमियम मोडेलमा ३१.४५ किलोवाटको ब्याट्री दिइएको छ जसले ३४० किलोमिटरसम्मको यात्रा सजिलै गर्न सक्ने कम्पनीले जनाएकाे छ।

दुवै मोडेलमा समान ३५ किलोवाटको मोटर राखिएको छ । यो ईभीमा एलएफपी प्रविधिको ब्याट्री प्रयोग गरिएको छ, जसले सुरक्षासहित लामो आयु दिन्छ।
‘फाइभ डोर’ भएको यो कारमा २९३ लिटरको सामान राख्ने स्पेस छ । गाडीमा भएकाे २०० एमएमको ग्राउन्ड क्लियरेन्सले नेपालका जस्ताेसुकै सडकमा सजिलै गुड्न सक्ने क्षमता राख्ने कम्पनीकाे दाबी छ।
गाडीको उचाइ करिब ६ फिट, लम्बाइ १२ फिट, चौडाइ ५ फिट र ह्वीलबेस ८ फिटको छ।
कम्पनीले यस गाडीको मूल्य बेस मोडेलको लागि १९ लाख ९९ हजार रुपैयाँ र प्रिमियमको लागि २४ लाख ९९ हजार रुपैयाँ तोकेको छ।
मंगलबारबाट हुने नाडा शोको अवसरमा विशेष छुट दिँदै बेस मोडेल १८ लाख ९९ हजार र प्रिमियम मोडेल २३ लाख ४९ हजारमै पाउन सकिने कम्पनीकाे भनाइ छ । साथै ग्राहकले एक वर्षको सडक कर, एक वर्षको बीमा, नम्बर प्लेट एम्बोस गर्ने सुविधा र फ्लोर म्याट जस्ता सामग्री पनि पाउनेछन्।
यो गाडीले नाडा अटो शोमा विशेष ध्यान तान्ने कम्पनीको विश्वास छ । सस्तो, भरपर्दो र आधुनिक विशेषता भएको गाडी खोज्ने उपभोक्ताका लागि ‘लिङ्बक्स ईसी०१’ एक उत्कृष्ट विकल्प बन्ने कम्पनीकाे भनाइ छ ।

















British ambassador Fenn pays courtesy call on Education Minister Pokharel
Gold and silver prices up
गाजामा भएको इजरायली आक्रमणमा १० जनाको मृत्यु
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा नयाँ कार्यसंस्कृति लागू
मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक, प्रधानमन्त्री बालेन्द्र शाहको सम्पत्ति कती ?
होर्मुजमा अमेरिकी सेनालाई ‘घातक भुँमरी’मा फसाउने इरानी चेतावनी
वार्ता असफल भएसँगै विश्वबजारमा अत्याधिक बढ्न थाल्यो तेलको मुल्य
पिर्के सलामी नलिने गृहमन्त्रीको घोषणा
प्रतिक्रिया