नाइजेरियामा डुङ्गा दुर्घटना : ४० बेपत्ता, १० जनाको उद्धार

नाइजेरियाको सोकोटो राज्यमा आइतबार डुङ्गा पल्टिँदा कम्तीमा ४० जना बेपत्ता भएका छन् भने १० जनालाई जीवितै उद्धार गरिएको छ ।
राष्ट्रिय आपत्कालीन व्यवस्थापन एजेन्सी (नेमा) ले दुर्घटनापछि उद्धार कार्यमा सहयोग गर्न तत्कालै आफ्नो प्रतिक्रिया टोली पठाएको छ । नेमाका अनुसार डुङ्गा ५० जनाभन्दा बढी यात्रु लिएर गोरोन्यो बजारतर्फ गइरहेको बेला दुर्घटनाग्रस्त भएको हो ।
नेमाले सामाजिक सञ्जाल एक्समार्फत दिएको जानकारीअनुसार, एजेन्सीकी महानिर्देशक जुबैदा उमरले दुर्घटनाको जानकारी पाएलगत्तै उद्धार कार्य सक्रिय पार्नुभएको थियो । अहिलेसम्म करिब १० जनालाई उद्धार गरिएको छ भने ४० भन्दा बढी अझै बेपत्ता रहेका छन् ।
नेमाले स्थानीय अधिकारी, सुरक्षाकर्मी र आपत्कालीन उद्धारकर्तासँग मिलेर खोजी अभियानलाई तीव्र बनाएको छ । एजेन्सीले प्रभावित परिवारलाई आवश्यक सहयोग पु¥याउने र नियमित अपडेट दिने प्रतिबद्धता जनाएको छ ।
यसअघि पनि नाइजेरियामा यस्ता दुर्घटनाहरू भइरहेका छन् । सन् २०२४ डिसेम्बरमा बेन्यु राज्यमा भएको डुङ्गा दुर्घटनामा ७६ मध्ये ४९ जनाको उद्धार गरिएको थियो भने तीन जनाको मृत्यु भएको थियो । उक्त दुर्घटनामा बाँकी २३ जना अझै बेपत्ता थिए ।
नेमाले त्यतिबेला पनि स्थानीय प्रशासन, उद्धारकर्मी र नाइजेरियाली नौसेनासँग मिलेर उद्धार कार्य सञ्चालन गरेको थियो ।
यस पटकको दुर्घटनापछि उद्धार टोलीले गोरोन्यो बजार जाने बाटोमा नदीमा बेपत्ता भएकाहरूको खोजीलाई निरन्तर अघि बढाइरहेको छ ।
















क्यानाडालाई विमानमा ५० प्रतिशत कर लगाउने ट्रम्पको चेतावनी
प्रधानमन्त्री कार्कीद्वारा सहिदप्रति श्रद्धाञ्जली अर्पण
Decrease in gold, silver prices
स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम भयाे, घण्टी बजाएर केही हुनेवाला छैन : प्रचण्ड
४२ अंकले घटेकाे सेयर बजारमा काराेबार कति ?
त्रिशूली किनारमा भेटिएको ‘गणपति डिलक्स’काे उत्खनन स्थगित
यातायात कार्यालय चाबहिलका प्रमुखसहित २७ जनाको मोबाइल अख्तियारको नियन्त्रणमा
इन्डोनेसियामा पहिरोका कारण मृत्यु हुनेको सङ्ख्या ३४ पुग्यो, दर्जनौं अझै बेपत्ता
प्रतिक्रिया