शुक्रबार, मंसिर १२, २०८२

हमासले स्वीकार्‍यो नयाँ गाजा युद्धविराम प्रस्ताव र बन्धक रिहाइको नयाँ प्रस्ताव

मेरोन्यूज २०८२ भदौ ३ गते १२:५०

काठमाडौं। प्यालेस्टाइनी सशस्त्र समूह हमासले गाजामा युद्धविराम र इजरायलका साथ बन्धक रिहाइका लागि मध्यस्थताका लागि नयाँ प्रस्तावमा सहमति जनाएको छ । 

मिस्र र कतारको उक्त प्रस्ताव अमेरिकी दूत स्टीभ विटकफले गत जुन महिनामा दिएको प्रस्तावको रूपरेखामा आधारित रहेको बताइएको छ । 

मिस्र र कतारको उक्त प्रस्ताव अमेरिकी दूत स्टीभ विटकफले गत जुन महिनामा दिएको प्रस्तावको रूपरेखामा आधारित रहेको बताइएको छ । 

प्रस्तावअनुसार पहिले ६० दिनको युद्धविराम लागू हुने छ । त्यसपछि हमासले बाँकी रहेका ५० इजरायली बन्धकहरूलाई दुई समूहमा रिहा गर्ने छ । जसमध्ये २० जना मात्रै जीवित रहेका बताइएको छ । यसपछि मात्रै स्थायी युद्धविरामका लागि वार्ता अघि बढ्ने छ ।
 
तथापी, इजरायलका तर्फबाट युद्धविरामबारे केही प्रतिक्रिया आएको छैन । गत साता इजरायली प्रधानमन्त्री बेन्ज्यामिन नेतन्याहुले सबै बन्धकहरूलाई एकैपल्ट रिहा गरेपछि मात्रै सम्झौता स्वीकार गरिने बताएका थिए । 

हमासले युद्धविरामका लागि सहमति जनाएको पछिल्लो समाचारका बीच जारी एक भिडिओमा नेतन्याहुले कुनै टिप्पणी गरेका छैनन् । उनले भनेका छन्, ‘यसबाट तपाईँहरूलाई एउटा आभास हुन्छ, हमास अत्यन्तै दबाबमा छ ।’

प्रतिक्रिया