हमासले स्वीकार्यो नयाँ गाजा युद्धविराम प्रस्ताव र बन्धक रिहाइको नयाँ प्रस्ताव

काठमाडौं। प्यालेस्टाइनी सशस्त्र समूह हमासले गाजामा युद्धविराम र इजरायलका साथ बन्धक रिहाइका लागि मध्यस्थताका लागि नयाँ प्रस्तावमा सहमति जनाएको छ ।
मिस्र र कतारको उक्त प्रस्ताव अमेरिकी दूत स्टीभ विटकफले गत जुन महिनामा दिएको प्रस्तावको रूपरेखामा आधारित रहेको बताइएको छ ।
मिस्र र कतारको उक्त प्रस्ताव अमेरिकी दूत स्टीभ विटकफले गत जुन महिनामा दिएको प्रस्तावको रूपरेखामा आधारित रहेको बताइएको छ ।
प्रस्तावअनुसार पहिले ६० दिनको युद्धविराम लागू हुने छ । त्यसपछि हमासले बाँकी रहेका ५० इजरायली बन्धकहरूलाई दुई समूहमा रिहा गर्ने छ । जसमध्ये २० जना मात्रै जीवित रहेका बताइएको छ । यसपछि मात्रै स्थायी युद्धविरामका लागि वार्ता अघि बढ्ने छ ।
तथापी, इजरायलका तर्फबाट युद्धविरामबारे केही प्रतिक्रिया आएको छैन । गत साता इजरायली प्रधानमन्त्री बेन्ज्यामिन नेतन्याहुले सबै बन्धकहरूलाई एकैपल्ट रिहा गरेपछि मात्रै सम्झौता स्वीकार गरिने बताएका थिए ।
हमासले युद्धविरामका लागि सहमति जनाएको पछिल्लो समाचारका बीच जारी एक भिडिओमा नेतन्याहुले कुनै टिप्पणी गरेका छैनन् । उनले भनेका छन्, ‘यसबाट तपाईँहरूलाई एउटा आभास हुन्छ, हमास अत्यन्तै दबाबमा छ ।’
















यस्तो छ आजका लागि कृषिउपजको मूल्य
स्रोत नखुलेको ६ लाखसहित दुई जना पक्राउ
टोखामा बिस्केट जात्रा अगामी वैशाख १ देखि ४ गतेसम्म मनाइने
यस्तो छ शनिबार विदेशी मुद्राको विनिमयदर
यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
इरानद्वारा कुवेत र इमिरेट्समा मिसाइल आक्रमण
वैदेशिक रोजगार उद्धार नेपाल काठमाडौँ संस्थाका सञ्चालक गोले पक्राउ
देउवाले भने- म र मेरो परिवारको सम्पत्तिबारे भ्रामक र झुटा प्रचारबाजी भयो
सरकार गठनको दुई सातामै दुई विषयमा रवि लामिछाने र बालेन साहबीच टकराव
प्रतिक्रिया