नाडा अटाे शाे : उड्ने कार हेर्न अवलाेकनकर्ताकाे घुइँचाे (तस्वीरहरु)

काठमाडौँ । नाडा अटो शो २०२५ आजदेखि भृकुटीमण्डपमा सुरु भएको छ । प्रदर्शनीको पहिलो दिन नै दिपलकाे उड्ने कार सार्वजनिक भएकाे छ ।
याे कार हेर्न उपभोक्ताको घुइँचो लागेको छ । बिहानैदेखि प्रदर्शनीस्थलमा पुगेका दर्शकहरू कार वरिपरि घेरा हालेर झुम्मिएका थिए ।

चीनको चांगन अटोमोबाइलले ईह्याङ कम्पनीसँग साझेदारीमा उत्पादन गरेको यो उड्ने कार नेपालमा पहिलोपटक सार्वजनिक प्रदर्शनका लागि ल्याइएको हो ।
पूर्णतया इलेक्ट्रिक यो दुई सिटे कार eVTOL प्रविधिमा आधारित छ । यसमा मल्टी–प्यारासुट सुरक्षा प्रणाली जडान गरिएको छ, जसले आपतकालीन अवस्थामा यात्रुको सुरक्षामा सहयोग पुर्याउने बताइएको छ ।
एकपटक चार्ज गरेपछि करिब ३० किलोमिटर सम्म उड्न सक्ने यो कारको गति प्रति घण्टा करिब १३० किलोमिटर भएकाे बताइएकाे छ ।

दिपल उप–ब्रान्ड अन्तर्गत एमएडब्लू वृद्धि अटो कर्प प्रालिले यसलाई चीनबाट तातोपानी नाका हुँदै काठमाडौं ल्याएको हो ।
यद्यपि नेपालमा संचालन अनुमति नपाएकाले अहिले प्रदर्शनका लागि मात्र ल्याइएको कम्पनीले स्पष्ट पारेको छ । हाल यसकाे मूल्यबारे पनि बताइएको छैन।
अमेरिका, चीन, कोरिया र यूएईलगायतका मुलुकमा परीक्षण उडान भइसकेको यो कार नेपालमा भने अहिलेको लागि प्रदर्शनकै मुख्य आकर्षण बनेको छ ।

















बुद्धका उपदेशले विश्वलाई शान्तिको सन्देश दिएको छः परराष्ट्रमन्त्री
बल्खु र वंशीघाट क्षेत्रका सुकुम्बासी बस्ती हटाइँदै
प्रदेश स्तरीय बाह्रसिङ्गा ब्याडमिन्टन प्रतियोगिता सुरु
सुनचाँदीको मूल्य वृद्धि, आजको कारोबारको मूल्य कति ?
बुद्धको जन्मजयन्तीको शुभकामना दिंदै प्रधानमन्त्री बालेन- ‘साँचो क्रान्ति ‘क’ बाट होइन ‘ज्ञ’ बाट सुरु हुन्छ’
बुधबार साँझदेखि तीव्र गतिको हावाहुरीसहित वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन आग्रह
जनताको चाहना र भूगोललाई हेरेर नीति बन्नुपर्छ मुख्यमन्त्री बानियाँ
मुस्ताङ अस्पतालमा सुरक्षित गर्भपतन सेवा : सेवाग्राही अझै अनविज्ञ, चारआवमा १८८ जनाले लिए सेवा
गोल्छालाई २४ घण्टाभित्र उपस्थित गराउन सर्वोच्चको आदेश
कांग्रेसले भन्याे – बहुमत हुँदाहुँदै अध्यादेशको बाटो रोज्नु खतरनाक संकेत
प्रतिक्रिया