यामाहाका २ नयाँ मोटरसाइकल सार्वजनिक
मेरोन्यूज
२०८२ भदौ ३ गते १७:५९

काठमाडौं । नेपालमा यामाहा दुई नयाँ भेरियन्टका मोटरसाइकल सार्वजनिक भएका छन् ।
नेपालका लागि यामाहाको आधिकारिक बिक्रेता एमएडब्लु राइड्सले आजदेखि सुरू भएको नाडा अटो शो २०२५ मा यामाहा एमटी–१५ भी २ र एफजेड एस भी ३ डीएलएक्सको नयाँ भेरियन्ट सार्वजनिक गरेको हो ।
भृकुटीमण्डपमा रहेको यामाहा ब्लु च्याम्बरमा सम्पन्न अनावरण कार्यक्रममा एमएडब्लु राइड्स प्रालिका अध्यक्ष विष्णु कुमार अग्रवाल र नाडा अध्यक्ष करण चौधरी उपस्थित थिए।
नाडा अटो शो भदौ ३ देखि ८ गतेसम्म सञ्चालन हुँदैछ।
कम्पनीले नाडाको अवसरमा विशेष अफर समेत ल्याएको छ । ग्राहकले हरेक मोडलका मोटरसाइकल र स्कुटरमा ७ हजार रुपैयाँसम्म नगद छुट पाउने छन् ।
त्यस्तै, मोटो जीपी रेस प्रत्यक्ष अनुभव गर्ने मौका र एमटी सिरिज मोटरसाइकल बुकिङ गर्दा प्रिमियम एमटी राइडिङ ज्याकेट पाउने कम्पनीले जनाएको छ ।
सम्बन्धित

















जतिसक्दो छिटो बहराइन, जोर्डन र इराक छाड्न आफ्ना नागरिकलाई अमेरिकाको निर्देशन
Why Tech Innovation Is Central to China’s 15th Five-Year Plan
देशभर भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा १५ जनाको मृत्यु
हतियारसहित भक्तपुरमा एक जना पक्राउ
चन्दा उठाएर रामजानकी मन्दिर मर्मत
इरानमाथिको आक्रमण तुरुन्त रोक्न रूसकाे माग
किमद्वारा छोरीलाइ राइफल उपहार, छोरी फेरि केन्द्रमा
मध्यपूर्वको तनाव: नेपालबाट सात अन्तरराष्ट्रिय विमानस्थलमा हवाई उडान रद्द
इजरायलमा रहेका नेपालीलाई दूतावासले जारी गर्याे सात बुँदे एड्भाइजरी
इरानद्वारा खाडी मुलुकका एयर बेसमा आक्रमण
प्रतिक्रिया