जापानको निर्यात संकट गहिरिँदै, गाडी आपूर्ति २८ प्रतिशत घट्यो

जापानको वित्त मन्त्रालयले बुधबार सार्वजनिक गरेको तथ्यांक अनुसार, जुलाई महिनामा जापानको अमेरिका तर्फको निर्यात गत वर्षको सोही अवधिको तुलनामा १०.१ प्रतिशतले घटेको छ । यो लगातार चौथो महिना हो जसमा अमेरिका तर्फको निर्यात घटेको देखिएको छ ।
निर्यातमा आएको यो तीव्र गिरावट मुख्य रूपमा गाडी र गाडीका पार्टपुर्जाको आपूर्तिमा आएको भारी कमीका कारण भएको हो, जुन अमेरिकी सरकारले लगाएको नयाँ आयाशुल्कको असर हो । विवरणअनुसार, अमेरिकामा जापानी गाडीको निर्यात २८.४ प्रतिशतले घटेको छ भने पार्टपुर्जाको निर्यात १७.४ प्रतिशतले कमी आएको छ । जापानको कुल निर्यात २.६ प्रतिशतले घटेर ९.३६ ट्रिलियन येन (झण्डै ६.३१ मिलियन अमेरिकी डलर) पुगेको छ, जुन लगातार तेस्रो महिना घटेको हो । उता, आयात पनि ७.५ प्रतिशतले घटेको छ, जुन कच्चा तेल, कोइला र तरल प्राकृतिक ग्याँस (एलएनजी) को मूल्य घटेका साथै बलियो येनका कारण भएको हो । मन्त्रालयले जनाएअनुसार, जापानको व्यापार घाटा जुलाई महिनामा ११७.५ अर्ब येन पुगेको छ, जुन पछिल्लो दुई महिनामा पहिलो पटक घाटामा गएको अवस्था हो । —
















एक दिवसीय क्रिकेटको खेलतालिका सार्वजनिक
चितवनमा बसको ठक्करबाट युवतीको मृत्यु
विद्यार्थी भर्ना वैशाख १५ गतेबाट सुरु हुने
इरान युद्धमा सहयोगका लागि नाटोलाई दबाब दिँदै ट्रम्प
अनरको ‘म्याजिक एट सिरिज’ सार्वजनिक, कति पर्छ मूल्य ?
अस्थायी युद्धविरामको अमेरिकी प्रस्ताव इरानद्वारा अस्विकार
संयुक्त राष्ट्रसंघमा भिटोमार्फत इरानको पक्षमा उभिए रूस र चीन
ट्रम्पले चेतावनी दिँदै भने -मंगलबार राति “इरानी सभ्यता समाप्त हुन सक्छ”
राष्ट्र बैंकको डेपुटी गभर्नरमा किरण पण्डित नियुक्त
प्रतिक्रिया