महिलाहरुकै सङ्घर्षले वर्तमान उपलब्धि हासिल भएको होः परराष्ट्रमन्त्री

परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले नेपाली महिलाहरुको आफ्नै सङघर्षले महिला अधिकार र सशक्तिकरणका क्षेत्रमा वर्तमान उपलब्धि हासिल भएको हो भनेकी छिन् । नेपाल महिला सङ्घद्वारा आज यहाँ आयोजित ‘विगत वर्तमान र भविष्यमा नेपाल महिला सङ्घको भूभिका’ विषयक गोष्ठीको उद्घाटन गर्दै उनले भनीन् “महिला अधिकारका क्षेत्रमा धेरै उपलब्धि हासिल भएका छन् ।
महिलाले महत्वपूर्ण संवैधानिक अधिकार पनि प्राप्त गरेका छन् । त्यो सबै नेपाली महिलाहरुले गरेको सङ्घर्षकै उपलब्धि हो ।” मन्त्री डा राणाले नेपाली कांग्रेसकै महिला नेतृहरु मङ्गलादेवि सिंहदेखि लिएर शैलजा आचार्यसम्मका महिलाहरुको योगदानको स्मरण गर्दै उनीहरु र अरु पनि महिला नेतृहरुको लामो सङ्घर्ष र बलिदानीपछि नेपाली महिला आन्दोलनले आजको उपलब्धि हासिल गर्न सकेको स्पष्ट गरे ।
तर वर्तमान अवस्था पर्याप्त भने नरहेको र महिलाले अझै धेरै संघर्ष गर्न बाँकी रहेको उनको तर्क थियो । उनले विसं २००७ को क्रान्तिदेखि गणतन्त्रको प्राप्ति सम्मका सबै आन्दोलनहरुमा नेपाली महिलाहरुको सक्रिय सहभागिता रही आएको पनि स्मरण गरिन् । मन्त्री डा राणाले भन् “उनीहरुकै प्रेरणाबाट हामी पनि महिला अधिकारको सङ्घर्षमा लाग्यौँ र वर्तमान संविधान र नेपालका विद्यमान कानुनमा महिला अधिकारबारे पहिलो पटक राम्रो व्यवस्था गर्ने वातावरण निर्माण गर्न सक्यौँ ।”
वर्तमान संविधानले नेपालको सङ्घीय तथा प्रदेश संसदमा कम्तीमा ३३ प्रतिशत र स्थानीय तहहरुमा ४० प्रतिशत महिला प्रतिनिधित्वको सुनिश्चितता गर्नु सकारात्मक हो भन्दै मन्त्री डा राणाले तर यी उपलब्धिको रक्षा गर्दै यो कानुनी सुनिश्चिततालाई अर्थपूर्ण र व्यवहारिक बनाउन महिलाले नै सङ्घर्ष गर्नुपर्ने अवस्था रहेको पनि स्पष्ट गरिन् । महिला अधिकारको अहिलेको अवस्था त्यसै नआएको र वर्तमान संवैधानिक सुनिश्चितताका लागि पनि संविधान लेख्ने बेलामा आफूहरुले निकै सङ्घर्ष गर्नुपरेको उनले स्मरण गरे।
मन्त्री डा राणाले अर्काे एक प्रसङ्गमा महिलालाई राजनीतिमा सजिलो नरहेको अनुभव पनि सुनाए । उनले भने “हाम्रो समाजमा अहिले पनि पितृसत्तात्मक सोच हावी नै छ । महिलालाई राजनीतिमा सजिलो छैन । त्यसैले महिलाका लागि महिला नै लाग्नुपर्छ, लढ्नुपर्छ भनेर नै हामीले सबै दिदीबहिनीहरुलाई जागरुक गर्यौँ, सशक्त बनायौँ र अधिकारका लागि अघि बढ्न तयार पार्यौँ ।” उनले नेपालमा मात्र नभएर विश्वका अरु देशहरुमा पनि महिलालाई राजनीति गर्न गाह्रो हुने गरेको अनुभव विश्वका नेतृहरुले सुनाउने गरेको पनि बताए।
















चैत्र शुक्ल नवमी देशभरका राम मन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो
प्रधानमन्त्री बालेनले लिए शपथ
प्रादेशिक स्वास्थ्य संस्थाको अनुगमन, काम नगर्नेलाई कारबाही गर्न निर्देशन
यी हुन् बालेन सरकारका १५ मन्त्री
Slight fall in gold, silver prices
ग्लोबल आइएमई बैंक र तिलगंगा आँखा प्रतिष्ठानबिच सहकार्य : मोतिबिन्दुको निःशुल्क शल्यक्रिया गरिने
प्रकाशकीय : ‘मेरोन्यूज’ छैटौँवर्षमा प्रवेश
नवनिर्वाचित सांसद गजुरेल र शर्मालाई नेपाल अटोमोबाइल्स एसोसिएसनको शुभकामना
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक जारी
प्रतिक्रिया