भाषाको संरक्षण घरबाटै हुनुपर्छ : सञ्चारमन्त्री गुरुङ

काठमाडौँ ।सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले गुरुङ समुदायको मातृभाषा लोप हुँदै गएकाले मातृभाषा संरक्षण र पुस्तान्तरण अभियान घरबाट सुरु गर्नुपर्नेमा जोड दिए । नेपाल प्रज्ञा प्रतिष्ठानद्वारा आज यहाँ आयोजित गुरुङ भाषाको ‘तमू कए’ पत्रिका सार्वजनिक कार्यक्रममा मन्त्री गुरुङले बसाइँसराइका कारण गुरुङ भाषा र संस्कृति लोप हुने खतरा बढ्दै गएको बताए ।
कुनै समुदायको अस्थित्व उसको भाषा र संस्कृतिमा झल्किने हुँदा गुरुङ समुदायले मातृभाषा संरक्षण र पुस्तान्तरणमा विशेष पहल गर्नुपर्ने उनको भनाइ छ । “कुनै पनि भाषाको संरक्षण घरबाटै सुरु हुन्छ”, उनले भने, “तमू भाषा र योसँग जोडिएको मौलिक संस्कृति जोगाउने अभियान सुरु गरिहाल्नुपर्ने जरुरी छ । अहिदे संरक्षणसँगै पुस्तान्तरणमा जोड दिएनौँ भने हाम्रा पुर्खाले आर्जेको कला, संस्कृति र भाषा लोप हुँदै जानेछ ।”
प्रतिष्ठानले तमू भाषाको पत्रिका पहिलो पटक प्रकाशन गरेकामा धन्यवाद दिँदै मन्त्री गुरुङले यो पहल सकारात्मक देखिए पनि मुख्य भाषालाई जीवन्त राख्ने आधार परिवार र समुदाय हुनपर्नेमा जोड दिनुभयो । उनले भने, “प्रतिष्ठानले पत्रिका निकाल्नु इतिहास हो । तर, वास्तविक भाषा संरक्षण घरबाट सुरु हुनुपर्छ र यसलाई पुस्तान्तरण गर्दै जानुपर्छ ।” मन्त्री गुरुङले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था ल्याउनुको मुख्य उद्देश्य समतामूलक समाज र समावेशी चरित्रको अभ्यास गर्नु रहेको उल्लेख गरे।
सङ्घीय शासन प्रणालीमा सबैको स्वामित्व महसुस गराउने उद्देश्यले आरक्षण, समावेशी नीति ल्याइएको बताउँदै उहाँले गुरुङ समुदायले यो अवसरलाई भरपुर उपयोग गर्न नसकेको गुनासो गरे। उनले संविधानले दिएका समावेशीका अवसरलाई उपयोग गरेर राज्यको मूलधारमा पुग्न गुरुङ समुदायले जोड गर्नुपर्ने सुझाव दिए ।
आदिवासी जनजाति उत्थान प्रतिष्ठानका उपाध्यक्ष रेशम गुरुङले प्रतिष्ठानमार्फत जनजातिको भाषा, संस्कृति, कला र जीवनशैलीको दस्ताबेजीकरण गर्ने कार्य हुँदै आएको बताए । जनजातिलाई निजामती सेवामा पहुँच वृद्धि गर्न निःशुल्क लोकसेवा तालिम सञ्चालन गर्नुपर्नेमा जोड दिँदै उनले निजामती सेवामा गुरुङ समुदाय न्यून उपस्थिति हुनु चिन्ताको विषय भएको बताए । नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राईले प्रतिष्ठानप्रति सबै समुदायको साझा अनुभूति गराउन मातृभाषाका पत्रिका प्रकाशन गर्न जरुरी रहेको बताए ।
यो अभियानलाई प्रतिष्ठानले ढिलै भए पनि निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे । प्रतिष्ठानका मातृभाषा विभाग प्रमुख राजन मुकारुङले नेपालमा भएका विभिन्न मातृभाषामध्ये, चार वटा भाषाका मातृभाषा पत्रिका अहिलेसम्म प्रकाशन भएका जानकारी दिए । ‘तमू कए’ पत्रिकाका कार्यकारी सम्पादक अनिता गुरुङले गुरुङ भाषा बोल्न सकिने भए पनि लिपीमा उतार्न चुनौतीपूर्ण भएको अनुभव सुनाए । पत्रिकामा गाउँघरमा बोलिने, ठेट भाषा र त्यहाँका मौलिक कला, संस्कृति समेटिएको उनले बताए ।
















Minister Gupta resigns
Election preparations up in Manang
राजीनामा दिँदै सञ्चारमन्त्री खरेल, ललितपुर–२ बाट उम्मेदवार बन्ने
चीनको अर्थतन्त्र २०२५ मा ५ प्रतिशतले वृद्धि
झापा ५ मा ओली र बालेन भिड्ने पक्का
कांग्रेस विशेष महाधिवेशनबारे ओली : ‘सडकमा बहुमत पुर्याएँ भनेर हुन्छ ?’
२७ बुँदे माग सम्बोधन गर्न सरकार र दुर्गा प्रसाईंबीच सम्झौता
निर्वाचन आयोगको षडयन्त्रपूर्ण निर्णय खारेज गर्छौं : पूर्णबहादुर खड्का
गगन थापा पक्षलाई मान्यता दिने निर्वाचन आयोगकाे निर्णय
टी-२० विश्वकप खेल्न जाने नेपाली पुरुष क्रिकेट टिमको बिदाइ
प्रतिक्रिया