टी-२० विश्वकप खेल्न जाने नेपाली पुरुष क्रिकेट टिमको बिदाइ
मेरोन्यूज
२०८२ माघ ३ गते ११:४९

काठमाडौं । आगामी फेब्रुअरी-मार्चमा भारत र श्रीलंकामा हुने आईसीसी टी-२० विश्वकप क्रिकेट खेल्न जाने नेपाली टोलीको बिदाइ गरिएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले शनिबार एक कार्यक्रमको आयोजना गरी नेपाली टोलीको बिदाइ गरेको हो ।
नेपाली टोलीले विश्वकप अघि श्रीलंका र भारतमा गएर अभ्यास शृंखला पनि खेल्ने भएकाले टोलीलाई आज नै बिदाइ गरिएको हो । नेपाली टोली आइतबार प्रस्थान गर्ने छ ।

बिदाइ कार्यक्रममा बोल्दै क्यान सचिव पारस खड्काले नेपाली टोलीलाई विश्वकपका लागि शुभकामना दिए ।
नेपाली क्रिकेट टोलीले विश्वकपको समूह चरणमा इंग्ल्यान्ड, वेस्ट इन्डिज, बंगलादेश र इटलीसँग खेल्ने तालिका छ । त्यसअघि श्रीलंका गएर श्रीलंका ‘ए’ अनि भारतमा गएर मुम्बईको एमसीए प्रेसिडेन्ट ११ सँग पनि अभ्यास खेल्ने छ ।

विश्वकपका लागि रोहित पौडेलको कप्तानीमा नेपालको टोली घोषणा भइसकेको छ ।

सम्बन्धित
















संविधान संशोधन बहसपत्र कार्यदलको पहिलो बैठकमा के-के भयो सहमति ?
देउवाले भने- म र मेरो परिवारको सम्पत्तिबारे भ्रामक र झुटा प्रचारबाजी भयो
वैदेशिक रोजगार उद्धार नेपाल काठमाडौँ संस्थाका सञ्चालक गोले पक्राउ
सार्वजनिक यातायातको भाडा बढ्यो, कुन रुटमा कति पुग्यो ? (सूचीसहित)
इरानद्वारा कुवेत र इमिरेट्समा मिसाइल आक्रमण
प्रति ट्याङ्कर ३० करोडसम्म शुल्क लिएर हर्मुज पार गर्न अनुमती दिँदै इरान
अस्थायी युद्धविरामको अमेरिकी प्रस्ताव इरानद्वारा अस्विकार
इरान र अमेरिकाबीच ४५ दिने युद्धविरामको लागि अन्तिम प्रयास
ट्रम्पले आक्रमण बढाए हर्मुजमात्रै होइन अन्य समुद्रीमार्ग पनि बन्द गरिदिन्छौँ -इरान
ओली र लेखकमाथि बिहीबारसम्म अनुसन्धान सक्न सर्वोच्चको आदेश, अन्यथा थुनामुक्त गर्नू
प्रतिक्रिया