नेप्से परिसूचक नौ दशमलव ७० अङ्कले घट्यो

काठमाडौँ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक नौ दशमलव ७० अङ्कले घटेर दुई हजार ७६७ दशमलव २० को विन्दुमा कायम भएको छ । आज ३२३ कम्पनीको एक करोड ५२ लाख ६६ हजार ६१७ कित्ता शेयर ५३ हजार ८५३ पटक खरिदबिक्री हुँदा रू पाँच अर्ब २० करोड सात लाख ५३ हजार ८६८ बराबरको कारोबार भएको छ ।
होटल तथा पर्यटन समूह दुई दशमलव शून्य तीन र म्युचुअल फण्ड शून्य दशमलव शून्य छ प्रतिशतले बढेको छ भने अरु सबै समूहको उपसूचक घटेको छ । बैंकिङ शून्य दशमलव १९, विकास बैंक शून्य दशमलव ७६, वित्त शून्य दशमलव ५३, जलविद्युत् शून्य दशमलव ५८ र लगानी समूह शून्य दशमलव ३९ प्रतिशतले घटेको छ ।
जीवन बिमा शून्य दशमलव ३२, उत्पादन तथा प्रशोधन शून्य दशमलव ६७, लघुवित्त शून्य दशमलव ४०, निर्जीवन बिमा शून्य दशमलव ५८, व्यापार एक दशमलव शून्य छ र अन्य समूह शून्य दशमलव १० प्रतिशतले घटेको छ । विकास हाइड्रोपावर कम्पनी लिमिटेडको शेयर मूल्यमा आज सकारात्मक सर्किट लागेको छ ।
सबैभन्दा बढी पञ्चकन्या माईहाइड्रोपावर लिमिटेडको शेयर मूल्य नौ दशमलव शून्य तीन प्रतिशतले घटेको छ । कारोबार रकमका आधारमा आज सबैभन्दा बढी नेपाल रिइन्स्योरेन्स कम्पनी लिमिटेडको रू २५ करोड नौ लाख ७९ हजार २४० बराबरको कारोबार भएको छ । कारोबार भएका शेयर सङ्ख्याका आधारमा सबैभन्दा बढी आरबिबी म्युचुअल फण्ड–१ को २६ लाख ५७ हजार ५५५ कित्ता शेयर खरिदबिक्री भएको छ ।









एनपीएलमा आज दुई खेल : चितवन र काठमाण्डु, विराटनगर र कर्णाली भिड्दै
आजका लागि विदेशी मुद्राको विनिमयदर
आज मंसिर १२ गते शुक्रबार, कस्ताे रहला तपाइकाे राशिफल ?
एसिसी प्रिमियर कपः हङकङविरुद्ध नेपाल शानदार जीत
सरकारले निर्वाचनको वातावरण बनाउनुपर्छः नेता डा रावल
के पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानको जेलभित्रै हत्या भएकाे हाे ?
प्रधानसेनापतिद्वारा सहायक रथीलाई दर्ज्यानी चिन्ह प्रदान
दाहसंस्कारका लागि ल्याइएकी महिला कफिनभित्र जीवित भेटिएपछि…
टी-२० विश्वकप तालिका सार्वजनिक, नेपालको पहिलो खेल कुन देश संग ?
महाकालीमा डुबेर एक युवक बेपत्ता, खोजीकार्य जारी
प्रतिक्रिया