नाडा अटो शोमा टाटा मोटर्सका नयाँ ईभी मोडलसंगै आकर्षक अफर सार्वजनिक

काठमाडौं । मंगलबारदेखि काठमाडौंको भृकुटिमण्डपमा शुरु भएको नाडा अटो शोमा टाटा मोटर्सका नयाँ ईभी मोडलसंगै आकर्षक अफर सार्वजनिक गरिएको छ । टाटा मोटर्सले आफ्नो विद्युतीय सवारीसाधनहरूको नवीनतम शृङ्खला प्रस्तुत गर्दै प्रदर्शनीलाई विद्युतीय बनाएको हो ।
सिप्रदी ट्रेडिङ प्रालिसँगको साझेदारीमा टाटाले टियागो इभीको नयाँ ‘एरिजोन ब्लू’ रङ्ग पहिलो पटक सार्वजनिक गरेको छ । यस वर्षको अटो शोमा प्रदर्शित प्रमुख इभी मोडलहरूमा कर्भ इभी, नेक्सन के३ इभी, पञ्च इभी र टियोगो इभी रहेका छन् । यी मोडलहरूले बोल्ड डिजाइन, उत्कृष्ट लूक्स र भविष्य–मैत्री प्रविधिको संयोजनमार्फत ग्राहकलाई नयाँ अनुभव दिने कम्पनीको दाबी छ ।

यस अवसरमा टाटाले विभिन्न अफरहरू ल्याएको छ । जसमा सिप्रदीको देशव्यापी चार्जिङ नेटवर्कमा आजीवन निःशुल्क, आकर्षक डिस्काउन्ट, ३ वर्षसम्म निःशुल्क सर्भिसिङ, निःशुल्क अटोप्लस इन्स्योरेनस, निःशुल्क एसेसिरिज र एक वर्षको ट्याक्स रहेका छन् ।
त्यस्तै, टाटाले घरमै निःशुल्क चार्जिङ स्टेशन इन्स्टलेसन, निःशुल्क इम्बोस्ड नम्बर प्लेट समेत अफरमा राखिएको छ । यसरी, अफर र नयाँ मोडलहरूको संयोजनले नेपालमा विद्युतीय सवारीसाधन बजारलाई अझ प्रतिस्पर्धी र आकर्षक बनाउने कम्पनीले जनाएको छ ।
टाटा प्यासेन्जर इलेक्ट्रिक मोबिलिटी लिमिटेडका इन्टरनेशनल बिजनेस प्रमुख यश खण्डेलवालका अनुसार टाटाले यस पटक प्रस्तुत गरेको नवीन इभी पोर्टफोलियोले नेपालमा मोबिलिटीको भविष्यलाई अझ दिगो र आधुनिक बनाउनेछ ।

त्यस्तै, सिप्रदी ट्रेडिङ प्रालिका सिईओ राजन बाबु श्रेष्ठले यस प्रदर्शनीलाई नेपालमा विद्युतीय सवारीसाधन क्रान्ति तीव्र बनाउने महत्त्वपूर्ण मञ्चका रूपमा व्याख्या गर्दै सम्पूर्ण ग्राहकलाई उपयुक्त मोडल र बजेटअनुसारको विकल्प उपलब्ध हुने बताए ।
टाटाले यसै अटो शोमा नयाँ सफारी पनि सार्वजनिक गरेको छ, जसमा अडास, मेमोरी सिट, ड्युल–जोन क्लाइमेट कन्ट्रोल, टेरेन रिस्पोन्स मोड्स लगायतका प्रिमियम विशेषताहरू छन् । यसको मूल्य एक करोड २१ लाख ९९ हजार रुपैयाँबाट शुरु हुने कम्पनीले जनाएको छ ।

















महेन्द्रनगरमा निर्वाचन प्रहरीसहित दुई जनाको मृत्यु
जतिसक्दो छिटो बहराइन, जोर्डन र इराक छाड्न आफ्ना नागरिकलाई अमेरिकाको निर्देशन
Why Tech Innovation Is Central to China’s 15th Five-Year Plan
देशभर भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा १५ जनाको मृत्यु
हतियारसहित भक्तपुरमा एक जना पक्राउ
इरानमाथिको आक्रमण तुरुन्त रोक्न रूसकाे माग
इजरायलमा रहेका नेपालीलाई दूतावासले जारी गर्याे सात बुँदे एड्भाइजरी
इरानद्वारा खाडी मुलुकका एयर बेसमा आक्रमण
किमद्वारा छोरीलाइ राइफल उपहार, छोरी फेरि केन्द्रमा
मध्यपूर्वको तनाव: नेपालबाट सात अन्तरराष्ट्रिय विमानस्थलमा हवाई उडान रद्द
प्रतिक्रिया