सीमा विवाद बारे प्रधानमन्त्रीलाई ज्ञानेन्द्र शाहीले राष्ट्रिय सहमतिको वातावरण निर्माण गर्न आग्रह

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले नेपालको सीमा विवाद समाधानका लागि प्रधानमन्त्रीलाई राष्ट्रिय सहमतिको वातावरण निर्माण गर्न आग्रह गरेका छन्।
शाहीले सामाजिक सञ्जालमार्फत दिएको सन्देशमा लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्रसम्बन्धी समस्या नेपालको सार्वभौमिकता र भौगोलिक अखण्डतासँग प्रत्यक्ष जोडिएको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई यस्तो आग्रह गरेका हुन्। साथै यस समयमा सबै नेपाली एकजुट हुनुपर्नेमा उनको जोड छ।
उनले स्मरण गराएका छन्, ‘हाम्रा पुर्खाहरूले आफ्नो रगत र पसिनाले सिञ्चित गरी जोगाएको यो देश आज विभिन्न भुमरीमा फसेको देख्दा हामी चिन्तित छौँ। अंग्रेज, मुगल र तिब्बतसँग लडेर जोगाएको देश नेपालको सिमाना हाम्रा लागि गौरवको विषय हो।’भारत र चीनबीच नेपालको सहमतिबिना लिपुलेक–लिम्पियाधुरालाई समेटेर भएको हालको सम्झौताप्रति शाहीले गम्भीर चिन्ता व्यक्त गरे। उनका अनुसार यस्तो सम्झौताले नेपालीको राष्ट्रिय अखण्डतामाथि प्रश्न खडा गरेको छ।
प्रधानमन्त्रीलाई उद्धृत गर्दै उनले तत्काल पहल गरी राजनीतिक दलहरू, नागरिक समाज, विभिन्न संघ–संस्था र आम नेपालीलाई एकताबद्ध बनाउन अनुरोध गरेका छन्।
उनले अन्त्यमा जोड दिए, ‘राष्ट्रिय एकता र सहकार्यबाट मात्र हामीले हाम्रो सार्वभौमसत्ता र भौगोलिक अखण्डताको रक्षा गर्न सक्छौँ। यसका सम्पूर्ण नेपाली एक भएर अगाडि बढ्नका लागि तयार छौँ ।’
















लुम्बिनी प्रदेशसभा बैठकः सरकारप्रति प्रश्न र सुझाव
कलाकार बलेमाथि अनुसन्धान जारी, भ्रामक सूचना नफैलाउन आग्रह
सामान्य प्रशासन मन्त्रालयमा ‘गुनासो व्यवस्थापन केन्द्र’ स्थापना
धौलागिरि र अन्नपूर्ण आरोहण गर्न ४४ जनाले लिए अनुमति
देवचुलीमा एक पुरुष मृत फेला, महिला गम्भीर घाइते
स्थानीय तह र प्रदेश सरकार मातहतका दरबन्दीको विवरण ३ दिनभित्र उपलब्ध गराउन पत्राचार
एकै दिन दुईवटा अमेरिकी लडाकु विमान खसाल्यो इरानले
ट्रम्पले दिए इरानलाई हर्मुज जलमार्ग खोल्न ४८ घण्टाको अन्तिम अल्टिमेटम
खाडीमुलुकमा युद्धको अफवाह फैल्याउने ११ नेपाली पक्राउ
एमालेले भन्यो: संसदीय दलको नेता चयन लोकतान्त्रिक विधि र विधानसम्मत
प्रतिक्रिया