गाजामा इजरायली आक्रमण तीव्र, सयौं नागरिक विस्थापित

गाजा सहर र वरपरका क्षेत्रमा इजरायलले गरिरहेको निरन्तर बमबारीले सर्वसाधारणमा अत्यन्तै भयावह असर पारिरहेको संयुक्त राष्ट्रसंघका मानवीय निकायहरूले जनाएका छन् । संयुक्त राष्ट्रसंघको मानवीय मामिलाको समन्वय कार्यालय (ओचा) का अनुसार इजरायलका आक्रमणहरू पूर्वी तथा दक्षिणी गाजा सहरमा विशेषगरी अज–जयतुन क्षेत्रमा अत्यन्तै तीव्र भएका छन् । ती आक्रमणहरूले धेरै संख्यामा सर्वसाधारणको मृत्यु हुनुका साथै ठूला मात्रामा घरहरू ध्वस्त भएका छन् ।
ओचाका अनुसार अगस्त ८ यता ५० भन्दा बढी आवासीय घरहरूमा आक्रमण भएको छ, जसका कारण कम्तीमा ८७ जना प्यालेस्टिनी नागरिकको ज्यान गएको छ । गाजाको दक्षिण भागमा रहेको डेइर अल–बलाहमा, बिहीबार इजरायली हवाई आक्रमणले अस्थायी रूपमा विस्थापित भएकाहरू बसेको एक ठाउँलाई लक्षित गरेको थियो । यो ठाउँ ओचा कार्यालय नजिकै रहेको थियो, जहाँ करिब २०० परिवार बसोबास गरिरहेका थिए ।
इजरायली सेनाले थोरै समयअघि चेतावनी दिएपछि शिविर खाली गरिएको थियो, जसले ज्यान जोगाउन मद्दत ग¥यो । यद्यपि त्यहाँको टहरा र सरसामानहरू पूर्ण रूपमा नष्ट भएका छन् । ओचा कार्यालय आफैंमा पनि सामान्य क्षति पुगेको भए तापनि, त्यहाँ रहेका कर्मचारीहरू सकुशल रहेका छन् । उक्त आक्रमणका कारण कर्मचारीहरूमा ठूलो मानसिक आघात परेको ओचाले जनाएको छ ।
गाजामा रहेका संयुक्त राष्ट्रसंघीय संरचनाहरूको स्थान विवरण दुवै पक्षसँग साझा गरिएको ओचाले जनाएको छ । “मानवीय सहायता केन्द्र र अन्य नागरिक पूर्वाधारहरूलाई कुनै हालतमा लक्षित गर्नु हुँदैन, न त सैन्य संरचनालाई ढाल दिन त्यस्ता स्थानहरूको प्रयोग गर्न मिल्दछ,” ओचाले स्पष्ट पारेको छ । मानव आवागमनको निगरानी गरिरहेका ओचाका साझेदारहरूका अनुसार, अगस्त १२ देखि २० सम्म गाजामा १६ हजार ८०० भन्दा बढी सर्वसाधारण फेरि विस्थापित भएका छन् ।
यससँगै, मार्च महिनाको मध्यतिर युद्धविराम अन्त्य भएयता विस्थापितको संख्या सात लाख ९६ हजार नाघेको छ । यसमध्ये ९५ प्रतिशत विस्थापन गाजा सहरबाट भएको हो । यसैबीच, गाजामा बालबालिकाबीच भोकमरी र कुपोषणको अवस्था थप भयावह बन्दै गएको छ । संयुक्त राष्ट्रसंघीय बालकोष (युनिसेफ) ले दिएको जानकारी अनुसार, जुलाई गाजाका लागि सबैभन्दा धेरै बाल मृत्युदर भएको महिना रह्यो ।
पाँच वर्षमुनिका २४ बालबालिकाको मृत्यु भएको छ, जुन संख्या यस वर्षको कुल कुपोषणसम्बन्धी बाल मृत्युदरको ८५ प्रतिशत हो । युनिसेफले पाँच वर्षमुनिका करिब तीन लाख २० हजार बालबालिका तीव्र कुपोषणको जोखिममा छन्, जसले उनीहरूमा रोग र दीर्घकालीन स्वास्थ्य समस्या बढाउनेछ । ओचाका अनुसार, बालबालिकाहरूले सडक किनारामा सामान बेच्ने, भग्नावशेष संकलन गर्ने जस्ता कामहरू गर्न थालेका छन् । बारम्बार विस्थापित हुनुपरेका कारण उनीहरूमा मानसिक तनाव गहिरिँदै गएको छ ।
















‘जो कोहीलाई उत्साहित बनाउने फास्ट ट्र्याकको प्रगति’
अब कुनै आमाको काख नरित्तियोस् : प्रधानमन्त्री कार्की
दाङबाट काठमाडौं आउँदै गरेको बस अनियन्त्रित भएर बीच सडकमा पल्टियो
सहिदका सपना पूरा गर्न उहाँहरुले देखाएको बाटोमा हिँड्ने प्रण गरौँः सभापति थापा
सहिदहरुको आकाङ्क्षा साकार पार्न मन, वचन र कर्मले समर्पित हुन राष्ट्रपतिको आग्रह
बालेनले गरे बर्दिया २ मा रास्वपा सम्पर्क कार्यालय उद्घाटन,यस्ताे छ उनकाे आजकाे कार्यतालिका
स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम भयाे, घण्टी बजाएर केही हुनेवाला छैन : प्रचण्ड
४२ अंकले घटेकाे सेयर बजारमा काराेबार कति ?
त्रिशूली किनारमा भेटिएको ‘गणपति डिलक्स’काे उत्खनन स्थगित
कुखुराको भालेलाई ‘अप्रेसन’ गरेर बधिया बनाइँदै
प्रतिक्रिया