नाडामा जिनपिङकाे तहल्का, सस्तोमै उच्च रेन्ज दिने गाडी पाएपछि बुकिङको ओइरो (भिडियोसहित)
काठमाडौं । ‘नाडा अटो शो’मा मंगलबार लञ्च भएकाे ईभी कार जिनपिङ लिङ्बक्स ईसी०१ ले तहल्का मच्चाएकाे छ ।
सस्तो मूल्य, धेरै रेन्ज र स्मार्ट डिजाइनका साथ ठाकुर मोटर्सले नेपाली बजारमा भित्र्याएको याे गाडी नाडा शो सुरु भएको दिन देखिनै धेरैकाे आकर्षण बनेकाे छ ।
लिङ्बक्स ईसी०१ नेपालमा उपलब्ध अहिलेसम्मकै किफायती मूल्यमा पाइने, सबैभन्दा बढी रेन्ज दिने ईभी कारको रूपमा रहेको छ । जसका कारण मेलामा आएका धेेरै अवलोकनकर्ताकाे पहिलो राेजाइमा लिङ्बक्स परेकाे हाे ।
कम्पनीकी म्यानेजर सुनिता ढुंगानाका अनुसार, पहिलो तीन दिनसम्मकाे तथ्यांक हेर्दा नाडामा धेरै बुकिङ हुने गाडीको लिस्टमा यो कार पनि परेकाे छ।

म्यानेजर ढुंगानाका अनुसार यो ईभी कार दुई मोडेलमा उपलब्ध छ । बेस मोडेलमा १९.२६ किलोवाटको ब्याट्री छ, जसले करिब २४० किलोमिटर रेन्ज दिन्छ । यस्तै, प्रिमियम मोडेलमा ३१.४५ किलोवाटको ब्याट्री दिइएको छ, जसको दाबी गरिएको रेन्ज ३४० किलोमिटर छ।
दुवै मोडेलमा समान ३५ किलोवाटको मोटर छ । गाडीमा एलएफपी प्रविधिको ब्याट्री राखिएकाे छ । याे ब्याट्री सुरक्षित र टिकाउ मानिन्छ ।
‘फाइभ डोर’ सुविधासहितकाे यो कारमा १२ फिट लम्बाइ, ५ फिट चौडाइ, करिब साढे ५ फिट उचाइ र ८ फिटको ह्वीलबेस छ । गाडीमा एसी र डीसी दुवै चार्जिङकाे सुविधा छ ।
म्यानेजर ढुंगानाका अनुसार २०० एमएमको ग्राउन्ड क्लियरेन्स भएकाे याे गाडी नेपालका जस्ताेसुकै उकालो, खाल्डाखुल्डी सडकहरूमा गुड्न सक्ने क्षमता राख्छ।
कम्पनीले गाडीकाे बेस मोडेलको मूल्य १९ लाख ९९ हजार रुपैयाँ राखेकाे छ भने प्रिमियम मोडेलको मूल्य २४ लाख ९९ हजार रुपैयाँ ताेकेकाे छ ।
तर नाडामा बुकिङ गर्ने ग्राहकका लागि कम्पनीले विशेष छुट दिएको छ। जसअनुसार, बेस मोडेल १८ लाख ९९ हजार, र प्रिमियम मोडेल २३ लाख ४९ हजार मा उपलब्ध हुने बताइएकाे छ ।

साथै गाडी यहाँ गाडी खरिद गर्ने ग्राहकले एक वर्षको बीमा, एक वर्षको सडक कर, नम्बर प्लेट एम्बोस गर्ने सुविधा, र फ्लोर म्याट समेत पाउने म्यानेजर ढुंगानाले बताइन् ।

















काठमाडौंको बल्खु क्षेत्रमा पनि चल्यो डोजर (तस्बिरहरू)
टस जितेर यूएईविरुद्ध सुरुमा ब्याटिङ गर्दै नेपाल
म्यानमारकी पूर्व नेतृ सुकीलाई नजरबन्दमा राखिने
विश्वकप लिग-२ : आज नेपाल र यूएई भिड्दै
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
बुधबार साँझदेखि तीव्र गतिको हावाहुरीसहित वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन आग्रह
मुस्ताङ अस्पतालमा सुरक्षित गर्भपतन सेवा : सेवाग्राही अझै अनविज्ञ, चारआवमा १८८ जनाले लिए सेवा
जनताको चाहना र भूगोललाई हेरेर नीति बन्नुपर्छ मुख्यमन्त्री बानियाँ
कांग्रेसले भन्याे – बहुमत हुँदाहुँदै अध्यादेशको बाटो रोज्नु खतरनाक संकेत
गोल्छालाई २४ घण्टाभित्र उपस्थित गराउन सर्वोच्चको आदेश
प्रतिक्रिया