जसपा नेपालले भूमि विधेयक विरुद्ध ९ गतेदेखि विरोध प्रदर्शन थाल्ने

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले संसदबाट हालै पारित भूमि सम्बन्धी विधेयकाविरुद्धमा विरोध प्रदर्शन गर्ने भएको छ। जसपाले शनिबार पार्टीका विभिन्न समितिलाई सर्कुलर गर्दै विरोधको तयारी थाल्ने निर्देशन दिएको हो।
जसापाले भदौ ९ देखि १५ गतेसम्म भूमि विधेयकविरुद्ध देशका विभिन्न सहरहरुमा विरोध प्रदर्शन गर्ने बताएकोछ । विधेयकले तराई/मधेसलाई मरुभूमिकरणमा लैजाने जसपा नेपालको भनाइ छ।
सर्कुलरमा भनिएको छ, ‘भूमि सम्बन्धि विधेयक मुलुक र जनताको हितमा नरहेको, भू-माफिया, जग्गा दलालको हित हुने र यसबाट वन जंगल विनाश भई तराई/ मधेस मरुभूमिकरण हुनेगरी सरकारले ल्याउन लागेको भूमि सम्बन्धि विधेयकको जसपा नेपाल सुरुदेखिनै विपक्षमा रही विरोध गर्दागर्दै पनि संसदको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिबाट २०८२ भाद्र ५ गते सरकारले राष्ट्रियहीत विपरीत रहेको विवादित भूमि विधेयकको प्रक्रिया अगाडि बढाएपछि जसपा नेपालको केन्द्रीय सचिवालय बैठकले वन क्षेत्रको जग्गामा हुने अतिक्रमण रोक्न एवं जैविक विविधता र पर्यावरणको संरक्षण गर्न, तराई/मधेसलाई मरुभूमिकरण हुनबाट जोगाउन तथा जल, जंगल र भूमिको रक्षा गर्न ‘भूमि र वन बचाउँ, मधेसलाई मरुभूमिकरण हुनबाट जोगाउँ’ अभियान अन्तर्गत भूमि विधेयकविरुद्ध कडा प्रतिकार गर्ने र विरोधमा उत्रिने निर्णय गरेबमोजिम यही भाद्र ९ देखि १५ गतेसम्म भूमि विधेयकविरुद्ध देशका विभिन्न सहरहरुमा ब्यापक विरोध प्रदर्शन गर्न जसपा नेपाल सम्बद्ध सम्पूर्ण समितिहरु एवं पार्टी पंक्तिलाई निर्देशन गर्दछौँ।’

















टी–२० विश्वकपमा पाकिस्तानले गर्यो भारतसँग खेल्ने निर्णय
निर्वाचन आउन २३ दिन बाँकीः ४४ जिल्लाको १०० निर्वाचन क्षेत्रको मतपत्र छपाइ सकियो
नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
आजको मौसम पूर्वानुमान : तराई भूभाग उच्च पहाडी तथा हिमाली क्षेत्रमा बादल
वरिष्ठ कलाकार सुनिल थापाको हृदयघातका कारण निधन
प्रधान सेनापति खुला म्याराथन सम्पन्न
निर्वाचनमा ड्रोनको प्रयोगमा प्रतिबन्ध
इस्लामाबादको मस्जिदमा भएको विस्फोटमा मृत्यु हुनेको सङ्ख्या ३१ पुग्यो
इंग्ल्यान्डसँग नेपाल ४ रनले पराजित
प्रतिक्रिया