नेपाल बांङ्लादेशसँग पराजित

काठमाडौँ । दक्षिण एसियाली फुटबल महासंघ (साफ) यु-१७ महिला च्याम्पियनसिपमा नेपाल बांङ्लादेशसँग पराजित भएको छ ।
भुटानको चाङ्लिमिथाङ रंगशालामा आज भएको खेलमा बङ्गलादेशसँग नेपाल ३-० ले पराजित भएको हो । यो जितसँगै तीन खेलमा छ अंक जोडेको बांङ्लादेश दोस्रो स्थानमा छ ।
पराजित नेपाल समान खेलबाट तीन अंकका सात तेस्रो स्थानमा छ । यसअघि भारतसँग ७-० को फराकिलो अन्तरले पराजित भएको नेपालले भुटानलाई भने २-१ गोलले हराएको थियो ।
यसैगरी भुटानलाई ३-१ ले हराएको बांङ्लादेशले भारतसँग २-० को पराजय बेहोरेको थियो । बांङ्लादेशको जितमा थुनुए मार्मा, सौरभी अखण्ड प्रीति र मामोनी चक्माले गोल गरे । खेलको ४१औँ मिनेटमा मार्माको गोलमार्फत बांङ्लादेशले अग्रता लिएको थियो । त्यसको तीन मिनेटपछि नै सौरभीले टोलीको अग्रता दोब्बर बनाइन् ।
त्यसपछि खेलको इन्जुरी समयमा चक्माले गोल गर्दै बांङ्लादेशलाई सहज जित दिलाइन् ।

















विमानस्थलबाट २८ हजार ९०० अमेरिकी डलरसहित तीन नेपाली पक्राउ
रवि-बालेनसहित रास्वपा शीर्षनेताबीच भेटवार्ता
प्रतिनिधिसभा सदस्य निर्वाचनः प्रतिमतदाता रु २८४ खर्च
सूर्य नेपाल वेस्टर्न ओपन जारी, भुवन नगरकोटीलाई एक स्ट्रोकको अग्रता
एन्फाले स्थगित गर्याे राष्ट्रिय लिग
रवि लामिछाने अस्पतालबाट डिस्चार्ज
नेपालको विकास र समृद्धिमा सक्रिय रूपमा सहभागी हुन गैरआवासीय नेपालीलाई प्रधानमन्त्री कार्कीको आह्वान
एनआरएनए विश्व सम्मेलनको घोषणापत्रः लगानी, श्रमिक सुरक्षा र एकतामा जोड
आजको मौसम पूर्वानुमानः यी तिन प्रदेशमा चट्याङसहित हल्का वर्षाको सम्भावना
चैत ३ गते मंगलबार को राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
प्रतिक्रिया