दमौली अस्पतालले शुरु गर्यो कोभिड सङ्क्रमितको उपचार

दमौली । दमौली अस्पतालले कोभिड सङ्क्रमितको उपचार शुरु गरेको छ । अस्पतालले मङ्गलबारदेखि कोभिड सङ्क्रमितलाई भर्ना गरेर उपचार शुरु गरेको हो ।
अस्पतालमा पाँच सङ्क्रमितको उपचार भइरहेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. सुनिल पौडेलले जानकारी दिए ।
उनका अनुसार चार जना व्यास नगरपालिकाका र एक जना म्याग्देका सङ्क्रमितको उपचार शुरु गरिएको छ । सबै सङ्क्रमित निमोनियापीडित छन् । सङ्क्रमितलाई अक्सिजन दिइएको छ ।
“सबै सङ्क्रमितको फोक्सोमा निमोनिया देखिएको छ, उहाँहरुलाई अक्सिजन र अत्यावश्यक औषधि दिइएको छ”, डा. पौडेलले भने । उनका अनुसार अस्पतालमा १६ सङ्क्रमितलाई उपचार गर्न सक्ने गरी व्यवस्था मिलाइएको छ ।
अहिलेको अवस्थामा उक्त शैय्या आजै भरिनेजस्तो देखिएको डा. पौडेलले बताए । अस्पतालले जनरल वार्डलाई कोभिड कक्षमा रूपान्तरण गरेको थियो । उक्त ठाउँमा शैय्या थप गर्ने प्रयास भइरहेको पनि अस्पतालले जनाएको छ ।
अस्पतालले सात आइसीयू र चारवटा भेन्टिलेटरसहितको शैय्या यसअघि नै तयार गरिसकेको छ ।















स्विट्जरल्यान्डमा बसमा आगलागी, कम्तीमा ६ जनाको मृत्यु
काठमाडौंमा वायु प्रदूषणको स्तर चिन्ताजनक, सावधानी अपनाउन प्रहरीकाे आग्रह
सकियो समानुपातिकतर्फको मतगणना, सिट बाँडफाँड गर्दै आयोग
सुनकोे मूल्य दुई हजारले बढ्यो, चाँदीको स्थिर
जनावरबाट जोगिन शुक्लाफाँटामा ‘मेसवायर’
रास्वपाको चुनावी वाचापत्रमा यस्ता छन् आर्थिक सुधारका ‘एजेन्डा’
आफ्ना उर्जा पूर्वाधारमा अमेरिकी आक्रमण नरोके खाडी देशका उर्जा पूर्वाधारमा आक्रमण गर्ने इरानको चेतावनी
सङ्खुवासभामा एमाले र रास्वपाबीच कडा प्रतिस्पर्धा
भोजपुरमा शेरधन राईलाई पराजित गर्दै श्रम संस्कृतिका ध्रुवराज निर्वाचित
धनुषा १ को मत परिणाम सार्वजनिक नगर्न निर्वाचन अधिकृतको कार्यालयलाई आयोगको पत्राचार
प्रतिक्रिया