युक्रेनका पूर्व सभामुखको गोली हानी हत्या
मेरोन्यूज
२०८२ भदौ १४ गते १८:५२

एएफपी । युक्रेनको पश्चिमी सहर एल्भिभमा शनिवार एक सांसदको गोली हानी हत्या गरिएको छ । सांसदको गोली हानी हत्या भएको भन्ने खबरलाई राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले पुष्टि गरेका छन् ।
जेलेन्स्कीले सन् २०१० को दशकमा संसदीय सभामुख रहेका चर्चित राजनीतिज्ञ एन्ड्री पारुबीको हत्याको विस्तृत अनुसन्धान गर्ने प्रतिबद्धता व्यक्त गरे ।
प्रहरीका अनुसार ५४ वर्षीय पारुबीको घटनास्थलमै मृत्यु भएको थियो । आक्रमणकारीको खोजी भइरहेको र हत्याको कारण भने खुल्न नसकेको प्रहरीले जनाएको छ ।
सन् २०१६ देखि सन् २०१९ सम्म संसदको सभामुख रहेका पारुबी सन् २००४ को युरोप समर्थित ‘ओरेन्ज रिभोलुसन’ र सन् २०१४ को ‘मेडन रिभोलुसन’का प्रमुख समर्थक थिए ।
सम्बन्धित
















निर्वाचन सुरक्षाका लागि कुकुरसहितको संयुक्त गस्ती सुरु
म्यान्मा घोटाला प्रकरणमा चीनद्वारा ११ जनालाई मृत्युदण्ड
अमेरिकासँगको बढ्दो तनावबीच एकहजार लडाकु ड्रोन तैनाथ गरेको इरानको दावी
बूढीगण्डकी आयोजना अगाडि बढाऔं, निजी क्षेत्र लगानी गर्न तयार छ : अध्यक्ष ढकाल
बालेनले गरे बर्दिया २ मा रास्वपा सम्पर्क कार्यालय उद्घाटन,यस्ताे छ उनकाे आजकाे कार्यतालिका
त्रिशूली किनारमा पुरिएको गणपति डिलक्स बसबाट मानव कङ्काल फेला
स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम भयाे, घण्टी बजाएर केही हुनेवाला छैन : प्रचण्ड
४२ अंकले घटेकाे सेयर बजारमा काराेबार कति ?
माघ १३ गते मंगलबार, कस्ताे रहला तपाइकाे आजकाे राशिफल ?
प्रतिक्रिया