भारतमा मृत्युदर अहिलेसम्मकै उच्च , एकैदिन ४ हजार २०५ जनाको मृत्यु

नयाँदिल्ली । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट चार हजार २०५ कोरोना संक्रमितको मृत्यु भएको छ । जुन मृत्युदर अहिलेसम्मकै उच्च रहेको यहाँको स्वास्थ्य मन्त्रालयलाई उद्धृत गर्दै टाइम्स अफ इन्डियाले जनाएको छ ।
मंगलबारको तथ्यांकानुसार एकैदिन चार हजार १८७ जनाको संक्रमणका कारण मृत्यु भएको थियो । भारतमा हालसम्म कोरोनाभाइरस संक्रमणबाट ज्यान गुमाउनेको संख्या दुई लाख ५४ हजार १९७ पुगेको छ । जसमध्ये ५० हजार मृत्यु पछिल्लो १४ दिनमा मात्र भएको जनाइएको छ ।
मृतकको संख्या बढिरहँदा भने संक्रमितको संख्या दैनिक संक्रमितको ओरालो लागेको देखिन्छ । भारतमा ३७ लाख चार हजार ९९ सक्रिय संक्रमित रहेका छन् । पछिल्लो २४ घण्टामा तीन लाख ४८ हजार ४२१ नयाँ संक्रमित थपिएका मन्त्रालयले जनाएको छ । यसअघि, दैनिक चार लाख बढीमा कोरोनाभाइरस संक्रमण हुँदै आएको थियो । भारतमा हालसम्म संक्रमितको संख्या दुई करोड ३३ लाख ४० हजार ९३८ पुगेको छ ।
महाराष्ट्र, उत्तर प्रदेश, दिल्ली, राजस्थान, छत्तिसगढ, बिहार, गुजरात, मध्यप्रदेश, तेलंगनालगायत १८ राज्यमा दैनिक संक्रमितको संख्यामा लगातार कमी आइरहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
















सभामुख र उपाध्यक्षको निर्वाचन कार्यतालिका सार्वजनिक
बादलको अभिव्यक्ति पार्टी नीति विपरीत छ : विष्णु पौडेल
मध्यपूर्व युद्ध अन्त्यका विषयमा रुसी राष्ट्रपति पुटिन र साउदी राजकुमारबिच वार्ता
मुस्ताङमा तीन महिनामा ४३ हजार पर्यटक भित्रिए
एमालेको केन्द्रीय कमिटी निर्वाचन आयोगमा अद्यावधिक
गृहमन्त्री गुरुङले गरे सशस्त्रका आईजीपी अर्यालसँग छलफल
ओली पक्राउको विरोधमा एमालेले देशव्यापी प्रदर्शन गर्ने
ठगीको अभियोगमा एक जना पक्राउ
दीपक खड्का र रेखा शर्माद्वारा रिहाइका लागि सर्वोच्चमा बन्दीप्रत्यक्षीकरण रिट दर्ता
भोलिदेखि नेपाल–चीन जोड्ने रसुवागढी नाका बन्द हुने
प्रतिक्रिया