भारतमा मृत्युदर अहिलेसम्मकै उच्च , एकैदिन ४ हजार २०५ जनाको मृत्यु

नयाँदिल्ली । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट चार हजार २०५ कोरोना संक्रमितको मृत्यु भएको छ । जुन मृत्युदर अहिलेसम्मकै उच्च रहेको यहाँको स्वास्थ्य मन्त्रालयलाई उद्धृत गर्दै टाइम्स अफ इन्डियाले जनाएको छ ।
मंगलबारको तथ्यांकानुसार एकैदिन चार हजार १८७ जनाको संक्रमणका कारण मृत्यु भएको थियो । भारतमा हालसम्म कोरोनाभाइरस संक्रमणबाट ज्यान गुमाउनेको संख्या दुई लाख ५४ हजार १९७ पुगेको छ । जसमध्ये ५० हजार मृत्यु पछिल्लो १४ दिनमा मात्र भएको जनाइएको छ ।
मृतकको संख्या बढिरहँदा भने संक्रमितको संख्या दैनिक संक्रमितको ओरालो लागेको देखिन्छ । भारतमा ३७ लाख चार हजार ९९ सक्रिय संक्रमित रहेका छन् । पछिल्लो २४ घण्टामा तीन लाख ४८ हजार ४२१ नयाँ संक्रमित थपिएका मन्त्रालयले जनाएको छ । यसअघि, दैनिक चार लाख बढीमा कोरोनाभाइरस संक्रमण हुँदै आएको थियो । भारतमा हालसम्म संक्रमितको संख्या दुई करोड ३३ लाख ४० हजार ९३८ पुगेको छ ।
महाराष्ट्र, उत्तर प्रदेश, दिल्ली, राजस्थान, छत्तिसगढ, बिहार, गुजरात, मध्यप्रदेश, तेलंगनालगायत १८ राज्यमा दैनिक संक्रमितको संख्यामा लगातार कमी आइरहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।










पशुपतिनाथमा बाला चतुर्दशी मेलाको तयारी पूरा
प्रतिनिधिसभा निर्वाचन : सर्लाहीमा पाँच हजार बढी मतदाता थपिए
नेपाली कम्युनिष्ट पार्टीले यहि मङ्सिर १२ गते देखि देशव्यापी एकता सन्देश सभा आयोजना गर्ने
कीर्तिपुर मैदानमा पहिलो पटक फ्लड लाइटमा खेल्दाको अनुभव- एउटा सपना पूरा भयो
बालविवाहलाई घटाउन टीकापुरमा ‘हाम्री छोरी, प्यारी छोरी’ कार्यक्रम
भण्डारीले गरे नेपाली समाज टेक्सासको अध्यक्षमा उमेदवारी घोषणा
जेनजी आन्दोलनका अमर प्रहरी राय, यही वर्ष जापान जाने तयारीमा थिए
एनपिएलको तयारी पूरा
प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवारी दर्ता माघ ६ गते
मृत्युदण्डको सजायपछि शेख हसिनाले के भनिन् ?
प्रतिक्रिया