इजरायल र हमासबीच शत्रुता चर्किंयाे, ४० जनाको मृत्यु

एजेन्सी । जरायल र हमासबीचको शत्रुता बुधवार चर्किंदा गाजामा कम्तीमा ३५ जना मारिएका छन् भने इजरायलमा पाँचजनाले ज्यान गुमाएका छन् ।
इजरायलको निरन्तर हवाई आक्रमणका कारण गाजामा रहेको अग्लो आवासीय भवन आक्रमणमा परी भत्केको थियो भने अर्कोमा गम्भीर क्षति पुगेको थियो ।
सन् २०१४ मा इजरायल र हमासबीच भएको युद्धपछि यो सबभन्दा भीषण भिडन्त हो । परिस्थिति काबुबाहिर जाने हो कि अन्तर्राष्ट्रिय रूपमा चिन्ता व्यक्त गरिएको छ ।
इजरायलको आक्रमणका कारण गाजामा घरहरू हल्लेका थिए र रातिको आकाश चम्केको थियो । हमासले प्रहार गरेको रकेटलाई इजरायलको हवाई प्रतिरक्षा प्रणाली आइरन डोमले रोकेको थियो ।
प्यालेस्टाइनी समूहहरूको आक्रमणपछि इजरायलीहरू आश्रयस्थल खोज्दै दौडिएका थिए र सडकपेटीमा घोप्टो परेर पल्टिएका थिए ।
हमासको सशस्त्र इकाइले बीरशेबा र तेल अभिभतर्फ २१० वटा रकेट प्रहार गरेको जनाएको छ । इजरायली सेनाका अनुसार, एक तिहाइ रकेटहरू गाजमै खसेका छन् ।
मुसलमानहरूको पवित्र महिना रमजानका बेलामा जेरुसेलममा रहेको अल–अक्सा मस्जिदमा इजरायली प्रहरी र प्यालेस्टाइनी विद्रोहीहरूबीच झडप भएपछि युद्धको माहोल बनेको थियो । त्यसअघि हप्तौंसम्म तनावको स्थिति थियो ।
पूर्वी जेरुसेलमबाट प्यालेस्टाइनी परिवारहरूलाई घरबाट निकाल्न सकिने गरी अदालतमा सुनुवाइ भइरहेको अवस्थामा यो तनाव चर्किएका हुन् ।

















नेपाल–भारत आर्थिक सहकार्यलाई थप सहज र परिणाममुखी बनाउन अध्यक्ष ढकालको जोड
विश्वकपमा आजदेखि सुपर–८ का खेल हुँदै, न्युजिल्याण्ड र पाकिस्तान भिड्ने
आहा रारा पोखरा गोल्डकपको उपाधिका लागि आज जावलाखेल र सहारा भिड्दै
एमाले अध्यक्ष ओली आज झापा जाँदै, यस्तो छ कार्यक्रमकाे तालीका
आचारसंहिताविपरीत टाँसिएका बीस हजार प्रचार सामग्री हटाइयो
शिवरात्रिको दिन पशुपतिमा प्रहरी कुट्ने युवक पक्राउ
रूसले कब्जा गरेको युक्रेनी भूभागका बिषयले राेक्याे सम्झौता
धनगढी पुगेर बालेनले भने – भोट होइन, काम माग्न आएका हाैं
फागुन ७ गते बिहीबारकाे राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
पाँच स्थानीय तहमा ‘सामुदायिक नर्सिङ तथा घरदैलो’ कार्यक्रम प्रभावकारी
प्रतिक्रिया