धान बालीमा डढुवा रोग

नवलपरासी । यहाँको धान बालीमा डढुवा रोग र मिलीबग किरा लागेको छ। यहाँका रामग्राम नगरपालिका, पाल्हीनन्दन गाउँपालिका र सुनवल नगरपालिकाका ४६ भन्दा बढी किसानको धानको फेदमा सङ्क्रमण देखिएको कृषि ज्ञान केन्द्रका कार्यालय प्रमुख डा रवीन्द्रनाथ चौबेले जानकारी दिए।
उनले समयमा पर्याप्त वर्षा नहुँदा माटो सुक्खा भएकाले समस्या देखिएको हुनसक्ने बताए। “धान पातको फेदमा अण्डाको आकारजस्तो खैरो थोपा देखिएका छन्। यसको आकार वृद्धि हुँदै गई ढुसीको कालो गिर्खा देखा पर्ने समस्या छ। बिस्तारै यो समस्या माथिल्लो भागमा पुग्छ र सुकेर डढेको जस्तो देखिने हुन्छ”, चौबेले भने।
जिल्लामा २० हजार ४८० हेक्टर क्षेत्रफलमा धानखेती गरिएको छ। कार्यालय प्रमुख चौबेले यहाँका अन्य क्षेत्रमा समस्या देखिएको जानकारी आएको बताए।
पाल्हीनन्दन गाउँपालिका–४ का राजाराम धवलले फेदमा डढुवा रोग लागेर धानबाली सुक्न थालेको बताए। गत वर्षको तुलनामा यसपटक अधिकांश खेतमा यो रोग देखिएको उनले जानकारी दिए।
















प्रकाशकीय : ‘मेरोन्यूज’ छैटौँवर्षमा प्रवेश
दासत्व पीडितहरूको स्मृति दिवस आज
बुधवारका लागि विदेशी मुद्राको विनिमयदर
मौसम पूर्वानुमान : पश्चिमी वायु सक्रिय, केही स्थानमा चट्याङसहित वर्षा हुने
इरानको धम्की : उर्जा क्षेत्रमा आक्रमण भए मध्य पूर्वका ऊर्जा र पानी केन्द्रमा जवाफी हमला
आज पनि सुनचाँदीकै मूल्यमा व्यापक गिरावट
होर्मुज स्ट्रेट खोल्न इरानलाई ट्रम्पको ४८ घण्टे अल्टिमेटम
सिंहदरबारकाे सुरक्षा प्रवन्धबारे गृहमन्त्रालयमा छलफल
रविको मुद्दा फिर्ताविरुद्धको रिट ‘हेर्दाहेर्दै’मा
प्रतिक्रिया