देशको इतिहासलाई सम्झाइराख्नु पर्छः नेता सिटौला

वीरगञ्ज। राष्ट्रियसभामा नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद सिटौलाले नेपालले पनि आफ्नो देशको प्रजातान्त्रिक आन्दोलनको गतिविधिलाई सम्झाइराख्नुपर्ने बताएका छन् ।
नेपाली कांग्रेस आपूर्ति तथा उपभोक्ता विभागको आयोजनामा आज यहाँ ‘दैनिक उपभोग्य वस्तुको सुनिश्चितता, उपभोक्ताको अधिकार हाम्रो चासो’ विषयक अन्तरसंवाद कार्यक्रममा नेता सिटौलाले हरेक देशको आफ्नो इतिहासलाई सम्झाउँदै अघि बढ्नुपर्नेमा जोड दिए ।
“विगतमा चीन र जापानबीच धेरै पटक भयानक खालका युद्ध भएका थिए । ती युद्धको बारेमा अहिले चीनले विश्वका धेरै देशका प्रधानमन्त्रीलाई आफ्नो मुलुकमा बोलाएर जानकारी गराउँदै छ,” उनले भने, “हरेक देशको आफ्नो इतिहास गर्विलो हुने भएकाले नेपालले पनि आफ्नो प्रजातान्त्रिक आन्दोलनको इतिहासलाई बारम्बार बताउँदै जान आवश्यक भइसकेको छ ।”
कतिपयले ‘इतिहास भजाएर खान पाइन्छ ? भनेर प्रश्न गर्ने गरेको उल्लेख गर्दै नेता सिटौलाले इतिहास बिर्सेर अघि बढ्न नसकिने बताए। “घरको जग बिर्सेर थप तला थप्न सकिन्छ त ?”, उनले भने, “त्यसैले नेपाली कांग्रेसले गरेको कामको विषयमा अबका नयाँ पुस्तालाई बुझाउनुपर्ने हुन्छ ।”















एमालेका महिला सांसदद्वारा ‘साइबर बुलिङ’का विषयमा उजुरी
सिंहदरबारमा मन्त्रिपरिषद् बैठक
कानुनअनुसार गरिब तथा विपन्नलाई निःशुल्क उपचारको व्यवस्था गर्न निर्देशन
आक्रमणमा कर्मचारीको मृत्यु भएपछि डब्ल्यूएचओद्वारा गाजाबाट चिकित्सा निकासी स्थगित
ट्रम्पले दिए इरानलाई हर्मुज जलमार्ग खोल्न ४८ घण्टाको अन्तिम अल्टिमेटम
नयाँ हवाई रक्षा प्रणाली विकास गर्यौँ, अब जुनसुकै अमेरिकी जहाज खसाउन सक्छौँ -इरान
१५औँ महाधिवेशनको तयारीमा कांग्रेस : ‘जरा अभियान’ मा गाउँ तहसम्म पुग्ने
ओखलढुङ्गामा आगलागी हुदा ५७ लाख बढीको क्षति
युएईमा घाइते भएका सातै नेपाली खतरामुक्त, छ जना अस्पतालबाट ‘डिस्चार्ज’
प्रतिक्रिया