शुक्रबार, चैत २०, २०८२

घरेलु तथा यौनजन्य हिंसा भयो ?, नआत्तिनुस् प्रहरी तत्पर छ

मेरोन्यूज २०७८ वैशाख २९ गते १३:५९

काठमाडौँ । घरेलु, यौनजन्य तथा लैंगिक हिंसालाई तत्काल सम्बोधन गर्न नेपाल प्रहरी तत्पर रहेको जनाएको छ । कोरोना भाइरस (कोभिड–१९)को नयाँ भेरियन्टले निम्त्याएको विषम परिस्थितिमा महिला, बालबालिका, जेष्ठ नागरिक वा जोखिमपूर्ण अवस्थाका जो कोहीविरुद्ध हुन सक्ने हिंसालाई तत्काल सम्बोधन गर्न नेपाल प्रहरी तत्पर रहेको प्रहरीले जानकारी दिएको हो ।

Advertisement
nepal life insurencenepal life insurence

हिंसालाई तत्काल सम्बोधन गर्न गुनासो सुन्ने व्यवस्थासमेत गरेको उल्लेख गर्दै प्रहरी प्रधान कार्यालय कार्य एवं अपराध अनुसन्धान विभाग महिला, बालबालिका तथा जेष्ठ नागरिक सेवा निर्देशनालयले भनेको छ, “कृपया हिंसा सहेर वा हेरेर नबसौँ, बेलैमा उजुरी गरौँ, यो संकटको समयमा हामी तपाईसँगै छौँ ।”

लैंगिक हिंसासम्बन्धी गुनासोका लागि टोल फ्री नम्बरमा १०० र बालबालिका सम्बन्धी १०४ मा सम्पर्क गर्न सकिने उक्त निर्देशनालयले जनाएको छ । जोखिमपूर्ण परिस्थितिमा हिंसाका घटनाहरू बढ्न सक्ने सम्भावनालाई मध्येनजर राख्दै सुसूचित हुन विशेष सूचना जारी गर्दै उक्त निर्देशनालयले सर्वसाधारणमा सचेत हुन आग्रह गरेको छ ।

प्रतिक्रिया