रेलमार्ग हुँदै प्रधानमन्त्री ओली पुगे बेइजिङ
मेरोन्यूज
२०८२ भदौ १७ गते १०:५४

काठमाडौं – चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली थियाजिनको कार्यक्रम सकाएर रेलमार्गबाट चीनको राजधानी बेइजिङ पुगेका छन्।
प्रधानमन्त्री ओलीको निजी सचिवालयका अनुसार ओली मंगलबार बिहान बेइजिङ पुगेका हुन्।
शाङ्घाई सहयोग सङ्गठन (एससीओ) को सम्मेलनलाई सम्बोधन गरेर ओली राजधानी बेइजिङ गएका हुन्।
प्रधानमन्त्री ओलीलाई चिनियाँ अधिकारीहरूले स्वागत गरेका छन् । चीनको राजधानी बेइजिङमा प्रधानमन्त्री ओलीको चीनका उपराष्ट्रपति हान चङ्गसँग भेट हुनेछ ।
चीन भ्रमणमा प्रधानमन्त्री ओलीले चिनियाँ राष्ट्रपति सी चिनफिङ, रुसी राष्ट्रपति भ्लादिमिर पुटिन, भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसहित विभिन्न देशका सरकार र राष्ट्रप्रमुखसँग भेट गरेका छन्।

सम्बन्धित















विश्वकप अभ्यास : अन्तिम खेलमा श्रीलंकामाथि नेपालको शानदार जित
राष्ट्रियसभा निर्वाचनः दुई सिटका लागि बागमती र गण्डकीमा छ / छ जना प्रतिस्पर्धामा
राष्ट्रियसभा सदस्य निर्वाचनः आज सातै प्रदेशमा मतदान हुँदै
नेपाल राष्ट्र बैंकले आज (आइतबारका)का लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमयदर
महिला विश्वकप ग्लोबल छनोट : नेपालकाे लगातार दोस्रो हार
महिला टी–२० विश्वकप ग्लोबल छनोट : लगातार तेस्रो जितसँगै बंगलादेश सुपर सिक्समा
गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्दै कांग्रेस
मनाङमा एमाले र राप्रपाका उम्मेदवारले फिर्ता लिए उम्मेदवारी
प्रतिक्रिया