सोमबार, फागुन १८, २०८२

टाटा मोटर्सको नयाँ शोरूम धनगढीमा

मेरोन्यूज २०८२ भदौ १७ गते १९:१७

‍धनगढी । टाटा मोटर्सको नेपालका लागि एक मात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रा.लि.ले सुदूरपश्चिम प्रदेशलाई केन्द्रित गरी जी.ए.आर.एस ट्रेडिङ कन्सर्नलाई आफ्नो नयाँ आधिकारिक डिलर चयन गर्दै धनगढीस्थित बोराडाँडीमा आफ्नो नयाँ शोरूम उद्घाटन गरेको छ।

Advertisement
nepal life insurencenepal life insurence

मंगलबार सिप्रदी ट्रेडिङ प्रा.लि. का सिनियर डिलर म्यानेजर मेघराज ढुंगेल र जी.ए.आर.एस ट्रेडिंग कन्सर्नका प्रबन्ध निर्देशक अशोक पाण्डेले डिलरको संयुक्त रुपमा उद्घाटन गरेका हुन्।

नयाँ शोरूममार्फत अब धनगढी मात्र नभई सुदूरपश्चिम क्षेत्रभरका ग्राहकहरूले टाटा मोटर्सका विद्युतीय मोडलहरू– टाटा टियागो ईभी, पञ्च ईभी, नेक्सनके३ ईभी र कर्भ ईभी खरिद गर्न सक्ने कम्पनीले जनाएको छ।

त्यस्तै, आईसीई मोडलहरूअन्तर्गत टाटाका टियागो, पञ्च, नेक्सन र सफारी पनि यस शोरूममार्फत उपलब्ध हुनेछन्।

पञ्चले नेपाली बजारमा सिटी एसयुभीका रूपमा लोकप्रियता पाएको छ भने सफारीले आफ्नो मजबुत बनावट, लक्जरी सुविधा र सुरक्षा विशेषताका कारण विशेष स्थान बनाएको छ।

सिप्रदी ट्रेडिङले ग्राहकलाई गाडी बिक्री मात्र नभई आकर्षक फाइनान्स सुविधा, सहज बीमा योजना, गुणस्तरीय सर्भिसिङ, भरपर्दो आफ्टर–सेल्स सेवा र ब्याट्री डायग्नोस्टिक रेस्टोरेसन फेसीलिटी उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ।

जी.ए.आर.एस ट्रेडिंग कन्सर्नका प्रबन्ध निर्देशक अशोक पाण्डे ले भने, ‘यो शोरूममार्फत हामी सुदूरपश्चिमका ग्राहकलाई टाटा मोटर्सका नवीनतम मोडलहरू नजिकबाट अनुभव गर्ने अवसर दिन पाउँदा गर्व महसुस गरेका छौँ।’

त्यस्तै, सिप्रदी ट्रेडिङ प्रा.लि.को डिलर सेल्स विभागका सिनियर डिलर म्यानेजर मेघ राज ढुंगेलले भने, ‘धनगढी शोरूमको उद्घाटनले टाटा मोटर्सको सेवा सुदूरपश्चिमसम्म विस्तार भएको छ। हामी ग्राहकलाई अझ नजिकबाट सेवा दिन उत्साहित छौँ।’

साथै सोही कार्यक्रममा टाटाको गाडी बुक गरेर बसेका ग्राहकहरुलाई गाडी हस्तान्तरण पनि गरिएको थियो।

प्रतिक्रिया