मंगलबार, फागुन २६, २०८२

आज २०८२ साल भदौ १८ गते बुधबारको राशिफल

मेरोन्यूज २०८२ भदौ १८ गते ५:५६

काठमाडौं । आज २०८२ साल भदौ १८ गते बुधबार । भाद्र शुक्ल पक्षका एकादशी तिथि । तदनुसार सन् २०२५ सेप्टेम्बर ३ तारिख । हरिपरिवर्तिनी एकादशी व्रत परेको छ । नक्षत्र अनुसार १२ वटा राशि हुन्छन् । चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। 

Advertisement
nepal life insurencenepal life insurence

मेष : आजको दिन राम्राे रहेको छ। मातापिता र आफन्तहरुसँग मनोरञ्जनात्मक समय बित्नेछ। छोटो दूरीको व्यावसायिक यात्राको योग रहेको छ। धर्म कर्ममा मन लाग्नेछ। आजको शुभ रंग रातो हो भने शुभ अंक ८ रहेको छ।

बृष : मनमा चिन्ता बढ्नुका साथै टाउको दुख्ने समस्याले सताउने समय छ। आफन्तहरूबाट सोचेजस्तो सहयोग नपाइएला। राजनीतिक क्षेत्रमा झुटो आरोप प्रत्यारोप लाग्ने सम्भावना रहेको छ। आजको शुभ रंग हरियो हो भने शुभ अंक ३ रहेको छ।

मिथुन : आजकाे दिन प्रेम सम्बन्ध सुमधुर रहनेछ। साथीभाइसँगको भेटघाटले मन उत्साहित हुनेछ। परिवारबाट शुभ खबर सुन्न पाइएला। व्यापार व्यवसायमा लाभ रहनेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक २ रहेको छ।

कर्कट : अरुलाई ऋन दिनबाट बच्नुहोस्। समस्यालाई टाल्नुभन्दा सम्पादन गर्नमा विश्वास राख्नुहोला। प्रभावशाली व्यक्तिसँग भेटघाट हुनेछ। सरकारी कार्यहरू सजिलै सम्पादन गर्न सकिएला। आजको शुभ रंग कलेजी हो भने शुभ अंक ४ रहेको छ।

सिंह : कार्यक्षेत्रमा कडा मेहनत गर्नुपर्ने समय रहेको छ। सन्तानको प्रगति देखेर मन प्रसन्न रहला। दिनको उत्तरार्धमा शुभ खबर सुन्नाले मन हर्षित रहला। धार्मिक व्यक्तिहरूसँग भेटघाट हुनेछ। आजको शुभ रंग बैजनी हो भने शुभ अंक ६ रहेको छ।

कन्या : साझेदारी व्यापारमा कार्य गर्दा सतर्क रहनुहोला। खानपिनमा ध्यान दिनुहोस। परिवारमा कुनै कुरालाई लिएर असमझदारी बढ्न सक्छ। जग्गा जमीनमा गरेको लगानीबाट लाभ मिल्नेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ७ रहेको छ।

तुला : आटेको कार्यसम्पादन गर्न सकिनेछ। आफूभन्दा साना भाइबहिनीहरुमा आत्मीयता बढ्नेछ। गृहणीहरूलाई गृहकार्यमा अलि धेरै समय दिनुपर्ला। आजको शुभ रंग हरियो भने शुभ अक ३ रहेको छ।

बृश्चिक : संचित धनमा वृद्धि हुनेछ। बोलिको माध्यमले कार्य सिध्द गर्न सकिनेछ। पारिवारिक सदस्यमा सामन्जस्यताको कमी आउन सक्छ। अवसरवादीहरूबाट सावधान रहनुहोस्। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ४ रहेको छ।

धनु : भाग्यले विभिन्न परिबन्ध जुटाउने छ। अतिथिको रूपमा सत्कार व मानसम्मान पाइएला। शेयर बजारको लगानीबाट राम्रो लाभ प्राप्त हुनेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ६ रहेको छ।

मकर : सहकर्मीहरूले कार्यक्षेत्रमा विरोध जताउन सक्छन् सावधान रहनुहोला। यात्रा गर्दा आफ्नो सामानको जिम्मेवारी स्वयं राखौं। स्वास्थ्य सम्बन्धी चिन्ता बढ्नेछ। मनमा स्फूर्ति र उमंगको कमी हुनेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक ४ रहेको छ।

कुम्भ :घरमा शुभ कार्यको चर्चा हुनेछ। परिवारको साथ र सहयोगले नयाँ आश जाग्नेछ। छोटो दूरीको लाभदायक यात्रा गर्ने मौका मिल्ला। कार्यक्षेत्रमा पदोन्नतिका योग छन्। आजको शुभ रंग पहेलो हो भने शुभ अंक २ रहेको छ।

मीन :कला र साहित्यको क्षेत्रमा चासो बढ्नेछ। दिगो कामको जग बसाउने समय रहेको छ। व्यापार व्यवसायमा पिताको साथ पाइनेछ। आजको शुभ रंग कलेजी हो भने शुभ अंक ७ रहेको छ।

प्रतिक्रिया