कोरोनाको औषधि चाहिए आयन हेल्थकेयरसँग सम्पर्क गर्नु : स्वास्थ्य मन्त्रालय
मेरोन्यूज
२०७८ वैशाख २९ गते १६:०७

काठमाडौँ । देशभर फैलिएको कोरोना भाइरस (कोभिड–१९) भई अस्पताल भर्ना भएका बिरामीलाई रेम्डेसिभिर औषधिको आवश्यकता परे आयन हेल्थकेयरसँग सम्पर्क गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आग्रह गरेको छ ।
कोभिड—१९ को उपचार गर्न कुनै औषधि प्रमाणित नभएको अवस्थामा मन्त्रालयले रेम्डेसिभिरको आधिकारिक आयातकर्ता आयनसँग समन्वय गर्न आग्रह गरेको हो । यो औषधि प्राप्त गर्न भने कोभिड अस्पताल वा ती अस्पतालमा उपचाररत संक्रमितका लागि सम्बन्धित चिकित्सकको प्रिस्क्रिप्सनसहित लिन जाने व्यक्तिको परिचय पत्रको प्रमाण आवश्यक पर्ने जनाइएको छ ।
यो औषधि प्रति भाइल चार हजार ९ सय रुपैयाँका दरले खरिद गर्न सकिने मन्त्रालयका सहप्रवक्ता समिरकुमार अधिकारीले हस्ताक्षर गरेको पत्रमा उल्लेख गरिएको छ ।

सम्बन्धित
















आज लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू–भागमा तातो दिन, अन्य प्रदेशमा बादल लाग्ने
राष्ट्रपति पुटिन भेट्न इरानी विदेशमन्त्री रुसमा
आगामी दश वर्षमा चौबीस हजार पाँच सय मेगावाट विद्युत् उत्पादन गरिने
रुस र उत्तर कोरियाबीच ‘दीर्घकालीन’ सैन्य सहकार्यका लागि सहमति
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
तत्कालीन किष्ट बैङ्क घोटालामा फरार श्रेष्ठ पक्राउ
चितवनमा ‘स्विप अपरेशन’ ११३ जना पक्राउ
साँखुमा गोली चल्यो
कच्चा पदार्थको अभावमा हेटौँडा सिमेन्ट उद्योग बन्द
चिल्ड्रेन भिजन नेपालद्वारा सुकुमबासी बस्ती खाली गर्ने क्रममा बालअधिकार सुनिश्चित गर्न सरकारलाई ध्यानाकर्षण
प्रतिक्रिया