विवाह गरी भोज गर्ने बेहुलाहरू पक्राउ
मेरोन्यूज
२०७८ वैशाख २९ गते १६:२८

पर्वत । जिल्लाको जलजला गाउँपालिका २ मा निषेधाज्ञाको समयमा विवाह भोज चलाएको भन्दै बेहुला पक्राउ परेका छन् । कोरोना भाइरस (कोभिड–१९)को हटस्पट जलजला २ माझफाँटमा भोज गर्ने दुई जना बेहुलाहरू क्राउ परेका हुन् ।
सोमबार विवाह गरेका उनीहरूले आज एकै ठाउँमा भोज चलाएको सूचना पाएपछि प्रहरीले २३ वर्षीय प्रदीप परियार र २४ वर्षीय राजकुमार परियारलाई पक्राउ गरेको हो । उक्त गाउँमा कोरोनाका सक्रिय संक्रमित ७५ जना छन् ।
जिल्ला प्रशासन कार्यालयले विवाह तथा काजक्रियामा १० जना मात्रै सहभागी हुने आदेश जारी गरेको छ । प्रहरी पुगेपछि सहभागी भागाभाग भएका थिए ।
सबै भागेपछि प्रहरीले बेहुलालाई समातेर आवश्यक कारबाहीपछि छाड्ने जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक प्रदीप पौडेलले स्वास्थ्य मापदण्ड पालना नगरी भोज गरेको पाइएपछि नियन्त्रणमा लिएको जानकारी दिए ।
सम्बन्धित
















सभामुख र उपाध्यक्षको निर्वाचन कार्यतालिका सार्वजनिक
बादलको अभिव्यक्ति पार्टी नीति विपरीत छ : विष्णु पौडेल
मध्यपूर्व युद्ध अन्त्यका विषयमा रुसी राष्ट्रपति पुटिन र साउदी राजकुमारबिच वार्ता
मुस्ताङमा तीन महिनामा ४३ हजार पर्यटक भित्रिए
एमालेको केन्द्रीय कमिटी निर्वाचन आयोगमा अद्यावधिक
गृहमन्त्री गुरुङले गरे सशस्त्रका आईजीपी अर्यालसँग छलफल
ओली पक्राउको विरोधमा एमालेले देशव्यापी प्रदर्शन गर्ने
भोलिदेखि नेपाल–चीन जोड्ने रसुवागढी नाका बन्द हुने
ठगीको अभियोगमा एक जना पक्राउ
दीपक खड्का र रेखा शर्माद्वारा रिहाइका लागि सर्वोच्चमा बन्दीप्रत्यक्षीकरण रिट दर्ता
प्रतिक्रिया