महासंघ बन्ने नाडाको योजनामा प्रशासनकाे राेक, विशेष साधरण सभा स्थगित

काठमाडौँ । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा)को भदौ २४ गते हुने भनिएको विशेष वार्षिक साधारणसभा राेकिएको छ ।
नाडाले विधान विवाद समाधान नहुँदै महासङ्घमा रूपान्तरण हुने घोषणासहित बोलाएको विशेष साधाणसभा रोक्न जिल्ला प्रशासन कार्यालयले पत्र पठाएको हो ।
विशेष साधारण सभाका विषयमा नाडाले गैरकानुनी तरिकाले विशेष साधारण सभा बोलाउन लागेको भन्दै प्रशासनमा उजुरी परेको थियो।
जिल्ला प्रशासनले विषेश साधरण सभा बोलाउन गरिएका निर्णय सहित ७ दिन भित्र कार्यालयमा उपस्थित हुन नाडालाई निर्देशन दिएको छ ।
‘विधान बमोजिम वार्षिक साधारण सभा नबोलाई के कति कारणले विशेष साधारण सभा गर्न लागिएको हो? जिल्ला प्रशासन कार्यालयमा पटक(पटक विधान संशोधनको विषयमा छलफल भए पनि हालसम्म विवाद समाधान नहुनुको कारण के हो?,’ जिल्ला प्रशासनका प्रमुख प्रशासकीय अधिकृतले नाडालाई पठाएको पत्रमा भनिएको छ, ‘विशेष साधारण सभा बोलाउनको लागि गरिएका निर्णयहरू सहित ७ (सात) दिनभित्र यस कार्यालयमा उपस्थित हुनुहुन र हाल गर्न लागिएको भनिएको विशेष साधारण सभा स्थगित गर्नुहुन निर्णयानुसार अनुरोध छ ।’
नाडालाई महासंघ बनाउने एजेन्डासहित नाडाले भदौ २४ गते विशेष साधरण सभा बोलाएको थियो ।
भदौ ३ देखि ८ गतेसम्म छ दिन चलेको अटो शोको समापनकै दिन नाडा केन्द्रीय कार्यसमितिको २१ औँ बैठकले संस्थालाई महासङ्घमा रूपान्तरण गर्ने निर्णय गरेको थियो ।
नाडा कार्यसमितिको याे निर्णयविरुद्ध आकाश गोल्छा पक्षले जिल्ला प्रशासन कार्यालयमा निवेदन दिएका थियाे ।
















करेन्ट लागेर महिलाको मृत्यु
सेवा प्रवाहमा देखिएका अवरोध हटाउन अध्यादेश ल्याइएको होः सल्लाहकार शाह
हर्क साम्पाङले मागे बालेनको राजिनामा
यस्तो छ आज कृषिउपजको थोक मूल्य
अमेरिकी राष्ट्रपति ट्रम्पका विशेष दूत गोर आज नेपाल आउँदै
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
सरकारले सुकुम्बासीमाथि कारबाही गर्दा पूर्वतयारी नपुगेको महसुस भयाे : महामन्त्री पौडेल
हप्तामा एक पटक खाना पकाउँदा पनि घट्छ बिर्सने राेगकाे जोखिम
सशस्त्र प्रहरीको आईजीपीमा नारायणदत्त पौडेल
हर्मुज खुलाउन इरानको प्रस्ताव, वार्ता अन्योलमा
प्रतिक्रिया