महासंघ बन्ने नाडाको योजनामा प्रशासनकाे राेक, विशेष साधरण सभा स्थगित

काठमाडौँ । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा)को भदौ २४ गते हुने भनिएको विशेष वार्षिक साधारणसभा राेकिएको छ ।
नाडाले विधान विवाद समाधान नहुँदै महासङ्घमा रूपान्तरण हुने घोषणासहित बोलाएको विशेष साधाणसभा रोक्न जिल्ला प्रशासन कार्यालयले पत्र पठाएको हो ।
विशेष साधारण सभाका विषयमा नाडाले गैरकानुनी तरिकाले विशेष साधारण सभा बोलाउन लागेको भन्दै प्रशासनमा उजुरी परेको थियो।
जिल्ला प्रशासनले विषेश साधरण सभा बोलाउन गरिएका निर्णय सहित ७ दिन भित्र कार्यालयमा उपस्थित हुन नाडालाई निर्देशन दिएको छ ।
‘विधान बमोजिम वार्षिक साधारण सभा नबोलाई के कति कारणले विशेष साधारण सभा गर्न लागिएको हो? जिल्ला प्रशासन कार्यालयमा पटक(पटक विधान संशोधनको विषयमा छलफल भए पनि हालसम्म विवाद समाधान नहुनुको कारण के हो?,’ जिल्ला प्रशासनका प्रमुख प्रशासकीय अधिकृतले नाडालाई पठाएको पत्रमा भनिएको छ, ‘विशेष साधारण सभा बोलाउनको लागि गरिएका निर्णयहरू सहित ७ (सात) दिनभित्र यस कार्यालयमा उपस्थित हुनुहुन र हाल गर्न लागिएको भनिएको विशेष साधारण सभा स्थगित गर्नुहुन निर्णयानुसार अनुरोध छ ।’
नाडालाई महासंघ बनाउने एजेन्डासहित नाडाले भदौ २४ गते विशेष साधरण सभा बोलाएको थियो ।
भदौ ३ देखि ८ गतेसम्म छ दिन चलेको अटो शोको समापनकै दिन नाडा केन्द्रीय कार्यसमितिको २१ औँ बैठकले संस्थालाई महासङ्घमा रूपान्तरण गर्ने निर्णय गरेको थियो ।
नाडा कार्यसमितिको याे निर्णयविरुद्ध आकाश गोल्छा पक्षले जिल्ला प्रशासन कार्यालयमा निवेदन दिएका थियाे ।









दक्षिण अफ्रिकाद्वारा जी–२० को नेतृत्व अमेरिकालाई हस्तान्तरण
रास्वपा र विवेकशील साझाबीच एकता हुने
एनपिएलः अपराजित विराटनगर किङ्ग्सको यात्रामा चितवन राइनोजले लगायाे ब्रेक
रवी बोपरा बने एनपिएलमा ह्याट्रिक अर्धशतक हान्ने पहिलो खेलाडी
श्रीमतीसहितका नातेदारलाई सचिवालयमा नियुक्ति दिलाएका प्रधानमन्त्रीका स्वकीय सचिवलाई तत्काल बर्खास्त गर्न जेनजी फ्रन्टको माग
के पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानको जेलभित्रै हत्या भएकाे हाे ?
आज २०८२ साल मंसिर ९ गते मंगलबारको राशिफल
भियतनाममा भीषण बाढी, कम्तीमा ९० जनाको मृत्यु
बागलुङमा थपिए ५ हजार ३९३ मतदाता
प्रतिक्रिया