नासा नेपालकी सह–कोषाध्यक्ष क्षेत्री एफआइएम फ्युचर लिडर्स प्रोग्रामका लागि जेनेभामा

काठमाडौं । नेपाल अटोमोवाइल्स एसोसिएसन (नासा नेपाल) की सह–कोषाध्यक्ष तथा टुरिजम तथा आउटरिच संयोजक कमला क्षेत्री आजदेखि सुरु भएको एफआइएम फ्युचर लिडर्स प्रोग्रामका लागी स्विजरल्याडको जेनेभा पुगेकी छिन् । अन्तर्राष्ट्रिय मोटरसाइकल फेडरेसन (एफआइएम)को एफआइएम एकमेडीद्वारा विश्वब्यापीे छनोटबाट उनले सो कार्यक्रममा सहभागीता सुनिश्चित गरेकी हुन् ।
एफआइएमका १२१ सदस्य संघमार्फत सो एकेडेमीले प्राप्त गरेको प्रारम्भीक उम्मेद्वारहरुको सिफारीस मध्येबाट उम्मेद्वारको शैक्षिक, प्रविधिक, सकृयता र संभावना तथा संघको कार्यक्रमको प्रभावकारीताको आधारमा फाइनालिस्टको छनौट गर्दछ । यस वर्षदेखी एफआइएमले फ्यूचर लिडर्स प्रोगाम शुरु गरेको हो, जसमा विश्वभरका १९ जना उम्मेद्वारहरु १६ देशबाट सहभागी छन् ।
नेपाल अटोमोवाइल्स एसोसिएनले गत वर्ष मात्र ‘वुमन इन मोटरिङ्ग’ शिर्षकको एफआइएमको प्रतिष्ठीत ‘एफआइएम वुमन ट्रफि’ अवार्ड प्राप्त गरेको सन्दर्भमा यस पहिलो वर्षको लिडर्स टेनिङ्गमा समेत छनौट हुने अवसर प्राप्त गरेको हो । सन १९०४ मा स्थापीत एफआइएमको स्पोर्टस्, वियोण्ड स्पोर्टस् तथा एफआइएम एकेडेमी गरी तिनवटा कार्यक्षेत्र रहेका छन् । त्यसैगरी एफआइएममा एफआइएम फाउण्डेसन तथा थुप्रै विषयगत कमिसन र विश्वका सबै महादेशमा कन्टीनेन्टल फेडेरेसनहरु छन् ।
सो लिडरसिप प्रोगाममा विगत ६ महिना देखी सम्मपूर्ण १९ सहभागीलाई मोटरसाइक्लिङ्ग क्षेत्रको विभिन्न नितिगत, व्यवस्थापकिय, ब्राण्डीङ्ग, मार्केटिङ्ग, समावेशीकरण तथा सामाजिक र खेलकुद सम्बन्धि उत्तरदायित्व र क्लिन, ग्रिन एण्ड सस्टेनेबल मोटरसाइक्लिङ्ग सम्बन्धि अनलाइन कोर्श संचालन गरिएको थियो ।
सोको ग्रयाजुएसन तथा फिजिकल ट्रेनिङ्ग सहितको समापन भने आज भर्खरै आउस अफ मोटरसाइकल, जेनेभामा एफआइएमका अध्यक्ष जर्ज भेगासले समापन गरेका थिए । शैक्षिक तथा सामाजीक क्षेत्रमा सकृय दोलखा स्थायीबासिन्दा क्षेत्री गत ३ वर्ष देखी रोड सेफ्टी कार्यक्रम मार्फत नासा नेपालमा जोडिएकी हुन् ।
विगत २ वर्ष देखी संघको सह–कोषाध्यक्षको जिम्मेवारीमा रहेकी उनी हाल संघको टुरिजम तथा आउटरिच संयोजकको समेत जिम्मेवारीमा छिन् ।
















जलजला–सिसाखानी सडक आठ वर्षपछि स्तरोन्नति
कैलालीका किसान समर्थन मूल्यभन्दा बढीमा गहुँ बेच्न पाउँदा खुसी
पूर्वी लिबियामा डुङ्गा दुर्घटना,१७ जनाको मृत्यु, ७ जनाको उद्धार
दक्षिण कोरियामा नेपाली चिया प्रवर्दन कार्यक्रम
ट्राफिक कारबाहीबाट एकै दिन २२ लाख ७४ हजार राजस्व सङ्कलन
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
सरकारले सुकुम्बासीमाथि कारबाही गर्दा पूर्वतयारी नपुगेको महसुस भयाे : महामन्त्री पौडेल
हप्तामा एक पटक खाना पकाउँदा पनि घट्छ बिर्सने राेगकाे जोखिम
हर्मुज खुलाउन इरानको प्रस्ताव, वार्ता अन्योलमा
सशस्त्र प्रहरीको आईजीपीमा नारायणदत्त पौडेल
प्रतिक्रिया