नाम मात्रले बढ्यो नेप्से
मेरोन्यूज
२०७८ वैशाख २९ गते १७:५७
काठमाडौं । पछिल्लो समय दोहोरो अंकले बढेको शेयर कारोबार मापक नेप्से कारोबार हुने साताको चौथो दिन आज बुधबार झिनो अंकले हरियो देखिएको छ ।
स्टक एक्सचेञ्जमा आबद्ध कम्पनीको शेयर कारोबारमा कूल २ सय १५ कम्पनीको कारोबार भएका थिए । जसमा बजार परिसुचक शुन्य दशमलब ५६ अंकले बढेर २ हजार ६ सय ७३ दशमलब ८८ बिन्दुमा पुगेको हो । यो अघिल्लो दिनको तुलनामा शुन्य दशमलब २ प्रतिशतले धेरै हो ।
बुधबार नाम मात्रले नेप्से बढ्दा शेयर लगानीकर्ता नवराज अधिकारीले शेयर बढ्दा मात्तिने घट्दा आत्तिने गर्न नहुनेमा जोड दिदै कारोबारमा लाग्नुपर्ने बताउँछन् ।
६२ हजार ९ सय ७२ कारोबारबाट ५ अर्ब ३२ करोड ६० लाख ५२ हजार ८ सय १ रुपैयाँ बराबरका १ करोड ४८ लाख ५४ हजार ४ सय २२ कित्ता शेयर किनबेच भएको स्टक एक्सचेञ्जले जनाएको छ ।
सम्बन्धित

















टी–२० विश्वकप : भारतले जिम्बाब्वेलाई दियो २५७ रनको विशाल लक्ष्य
युक्रेन युद्ध अन्त्यका लागि हतार नगर्ने रुसको घोषणा
अहिले सेटिङमा निर्वाचन सर्वेक्षण सार्वजनिक गरिएका छन् : विष्णु पौडेल
इरान र अमेरिकी प्रतिनिधिमण्डल वार्ता सहमति नजिक !
अबको पाँच वर्ष स्वर्णिम बनाउने छौँ, मुलुकलाई दुर्घटनामा पर्न दिन्नौँ : सभापति थापा
इटहरीवासीलाई बालेनले साेधे – तरकारी कहाँको खानुभयो ? बोर्डर पारीको ?’
मौद्रिक नीति अर्धवार्षिक समीक्षाः क्षेत्रगत कर्जा विस्तार र पूर्वाधार लगानीमा सहजीकरण
मौसम पूर्वानुमान: आज यी ६ प्रदेशमा वर्षाको सम्भावना
साम्बाले भनिन् – उपचारखर्च जुटिसक्यो, सहयोग रोक्नुस्
सुरक्षा खतराको कारण घर छाडेका अष्ट्रेलियाका प्रधानमन्त्री निवासमा फिर्ता
प्रतिक्रिया