आज २०८२ साल भदौ २२ गते आइतबारको राशिफल

काठमाडौं ।आज २०८२ साल भदौ २२ गते आइतबार। भाद्र शुक्ल पक्षको पूर्णिमा तिथि। तदनुसार सन् २०२५ सेप्टेम्बर ७ तारिख। खग्रास चन्द्रग्रहण देखिने छ। राति १० बजेर ११ मिनेटमा सुरु भएको चन्द्रग्रहण १ बजेर ४१ मिनेटमा सकिन्छ। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ।
मेष : लगानीकाे क्षत्र बाट सन्तुष्टि जनक परिणाम मिल्नेछ। नयाँ कार्यमा लगानी लगाउनु भन्दा अघि शुभचिन्तकहरूसँग सल्लाह लिनुहोस। आर्थिक पक्ष सबल रहनेछ। आजको शुभ रंग रातो हो भने शुभ अंक ४ रहेको छ।
वृष : कार्यक्षेत्रमा सहकर्मीहरूबाट सहयोग मिल्नेछ। आफन्तहरूसँग भेटघाटले मन प्रसन्न रहनेछ। शत्रुहरू सक्रिय रहनेछन्। नोकरी वा पेशामा प्रभाव बढ्नेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक १ रहेको छ।
मिथुन : करियरलाई लिएर नयाँ बाटो खुल्नेछ। धर्मकर्ममा मन लाग्नेछ। राजकीय मामलाहरू सुल्झिनेछन्। सहपाटीहरूसँग मनोरञ्जनात्मक समय व्यतीत हुनेछ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ४ रहेको छ।
कर्कट : नँया निर्णय लींदा सचेत रहनुहाेला। इष्टमित्रहरूको साथमा रमाइलो समय व्यतीत हुनेछ। स्वास्थ्यलाई लिएर सावधान रहनुहोला। कार्यक्षेत्रमा जिम्मेवारी बढ्नेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ५ रहेको छ।
सिंह : परिवारको सहयोगले रोकिएका कार्य पुनः प्रारम्भ हुनेछन्। भविष्यलाई लिएर योजना कोरिनेछ। व्यापार व्यवसायमा लाभ रहनेछ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक १ रहेको छ।
कन्या : कार्यक्षेत्रमा अत्यधिक भागदौडले स्वास्थ्यमा कमजोरीको अनुभूति हुनेछ। हतारमा कुनै निर्णयमा नपुग्नुहोस्। विद्यार्थीहरूको पढाइमा मन नलाग्ला। आजको शुभ रंग निलो हो भने शुभ अंक २ रहेको छ।
तुला :महत्वपूर्ण कार्यलाई प्राथमिकता दिनुहोस्। योग्यता साबित गर्नलाई उपयुक्त समय रहेको छ। शैक्षिक क्षेत्र फराकिलो रहनेछ। आफन्तहरूको साथ रमाइलो समय बित्नेछ। आजको शुभ रंग सुन्तला हो भने शुभ अंक ८ रहेको छ।
वृश्चिक : कार्यस्थलमा सहयोगीहरूसंग मनमुटावको सम्भावना रहेको छ सावधान रहनुहोस्। अध्ययन अध्यापनको लागि समय निकाल्न गारो हुनेछ। व्यापार व्यवसायलाई लिएर यात्रा गर्नुपर्ला। आजको शुभ रंग केशरी हो भने शुभ अंक ३ रहेको छ।
धनु : आर्थिक कारणले व्यापार व्यवसाय प्रभावित हुन सक्छ। घरमा मांगलिक कार्यको चर्चा परिचर्चा हुनेछ। सोचविचार गरेर नयाँ लगानी लगाउनुहोस्। आजको शुभ रंग हल्का पहेलो हो भने शुभ अंक ७ रहेको छ।
मकर : रचनात्मक कार्यमा रुचि बढ्नेछ। पारिवारिक वादविवादहरू आपसमा मिलेर सुल्झाउनुहोस्। दिन खर्चिलो रहनेछ विचार पुर्याउनुहोस्। नयाँ सम्पर्कबाट लाभ मिल्नेछ। आजको शुभ रंग खैरो हो भने शुभ अंक ६ रहेको छ।
कुम्भ : समयको तालमेल नमिल्दा कार्य अधुरो रहन सक्ला सावधान रहनुहोस्। कार्यक्षेत्रमा गरिएको कामबाट जस पाइनेछ। पिताको स्वास्थ्यलाई लिएर चिन्ता रहनेछ। विद्यार्थीहरूको अध्ययनमा रुचि बढ्नेछ। आजको शुभ रंग हल्का रातो हो भने शुभ अंक १ रहेको छ।
मीन : विरोधीहरूले उल्झ्याउने प्रयास गर्नेछन् सचेत रहनुहोला। विवादास्पद कार्य निर्वहन गर्नुपर्ला। आफ्नो सामानको जिम्मेवारी स्वयं राख्नुहोस् हराउन सक्छ। आध्यात्मतर्फ रुचि बढ्नेछ। आजको शुभ रंग कलेजी हो भने शुभ अंक ५ रहेको छ।









आठौँ सामाजिक सुरक्षा दिवस : साढे २६ लाख नागरिक सामाजिक सुरक्षाको छाताभित्र
हङकङकाे आवासिय भवनमा आगलागीमा परेर मर्नेको संख्या ४४ पुग्योः २७९ अझै बेपत्ता
जेनजी आन्दोलनका सहिदः ‘सहिद घोषणा मात्रै होइन, न्याय पनि चाहिन्छ’
तरकारी खेतीबाट वार्षिक १० लाख बचत
के पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानको जेलभित्रै हत्या भएकाे हाे ?
आज २०८२ साल मंसिर ९ गते मंगलबारको राशिफल
देउवाकै हस्ताक्षर लिएर कांग्रेस चुनावमा जाँदैन : गगन थापा
बलिउड अभिनेता धर्मेन्द्रको निधन
संयुक्त राष्ट्रसङ्घका मानवअधिकार प्रमुखद्वा्रा ‘जेनेरेटिभ एआई’ ले ल्याउनसक्ने समस्याबारे चिन्ता व्यक्त
प्रतिक्रिया