बिहीबार, मंसिर ११, २०८२

मिनी-मर्सिडिज प्रेरित इलेक्ट्रिक एसयूभी बन्ने तयारीमा एमजी साइबर एक्स

मेरोन्यूज २०८२ भदौ २२ गते १७:४८

काठमाडाैं । एमजी मोटरको साइबर एक्स आगामी दुई वर्षभित्र कम्प्याक्ट, बक्सी, परिवारमैत्री इलेक्ट्रिक एसयुभीमा परिणत हुन तयार भएको छ।

यो  एसयुभी पहिलोपटक शांघाई अटो शोमा बोल्ड कन्सेप्टको रूपमा देखाइएको थियो र यसले एङ्गुलर डिजाइन, व्यवहारिकता र बजेटमैत्री पहुँचलाई एकसाथ समेटेको कम्पनीको दाबी छ।

उत्पादन-तयारी साइबर एक्समा पाँच ढोकाको लेआउट र बक्सी डिजाइन हुनेछ। यसको स्ट्यान्स मर्सिडिज ईक्यूबीजस्ता प्रिमियम एसयूभीलाई झल्काउनेछ। 

एमजीको यूके प्रोडक्ट र प्लानिङ बस, डेविड एलिसनले यसलाई “सुजुकी जिम्नीको आध्यात्मिक उत्तराधिकारी” भनी वर्णन गरेका छन्, जसले सहरी ड्राइभिङका लागि उपयुक्त आकार र हल्का अफ-रोड प्रेरित डिजाइनमा तयार भएको छ।

प्रिमियम डिजाइन
यो मोडलले कन्सेप्टको बक्सी र एङ्गुलर डिजाइन कायम राख्नेछ। कारमा पप-अप हेडलाइटहरूको सट्टा परम्परागत हेडलाइट राखिनेछ र कन्सेप्टका अतिरिक्त सुविधाहरू जस्तै प्यानोरामिक रूफलाई आकर्षक  इन्टिरियरले प्रतिस्थापन गर्नेछ।

बिन आधुनिक र मिनिमल शैलीमा तयार हुनेछ, ठूलो सेन्ट्रल टचस्क्रिन, फुल्ली डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर र परिवारको लागि पर्याप्त हेडरूम र लेगरूम उपलब्ध हुनेछ।

ब्याट्री र प्रदर्शन
नेपालका लागि विशेष विवरणहरू अझै घोषणा गरिएको छैन, तर साइबर एक्स मा एमजीको  नयाँ ब्याट्री र मोटर प्रविधिहरू, जसमध्ये सेमी-सोलिड-स्टेट ब्याट्री प्रयोग हुने अपेक्षा गरिएको छ। ब्याट्रीको छनोट र चालकको कुशलता अनुसार अनुमानित रेंज करिब करिब ४८२ सम्म हुनेछ।

अधिकांश मोडलमा सिंगल-मोटर फ्रन्ट-व्हील-ड्राइभ लेआउट हुनेछ, हायर स्पेक्स् मोडलमा अल-व्हील ड्राइभ उपलब्ध हुन सक्छ। गाडीको बढेको हाइट र हल्का अफ-रोड डिजाइनले व्यवहारिकता र शैलीलाई सन्तुलनमा राख्नेछ।

बजेटमैत्री
विश्वव्यापी प्रारम्भिक मूल्य अनुमान ३० हजार पाउन्ड स्टर्लिङभन्दा कम मूल्यमा एमजीले साइबर एक्सलाई पहुँचयोग्य इभी विकल्पको रूपमा प्रस्तुत गर्न चाहेको छ। सानो एसयुभी खोजिरहेका र आधुनिक इभी प्रविधि र शहरी प्रयोगमा व्यवहारिकता चाहने ग्राहक लक्षित यो गाडी अत्यन्तै उपयोगी हुने कम्पनीको दाबी छ।

प्रतिक्रिया