कस्तो छ त आजको मौसम ?

काठमाडौं । हाल देशमा पश्चिमी न्यून चापीय प्रणाली, दक्षिण–पूर्वी भू–भाग नजिक रहेको पूर्व–पश्चिम फैलिएको न्युन चापीय रेखा तथा बंगालको खाडीबाट प्रवाह हुने जलवाष्प युक्त हावाको प्रभाव रहेको छ।
देशका अधिकांश भू–भागमा सामान्य बदलीको रही गण्डकी प्रदेश तथा वागमती प्रदेशका केही र बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन सहित हल्का देखि मध्यम वर्षा भइरहेको जल तथा मौसम विज्ञान पिवभाग अन्तर्गतको मौसम प्रर्वानुमान महाशाखाले जनाएको छ।
दिउँसो देशभर सामान्य बदली रहने छ । देशका केही स्थानहरुमा मेघगर्जन सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। सुदुरपश्चिम प्रदेश र लुम्बिनी प्रदेशका एक/दुइ स्थानहरुमा भारी वर्षाको समेत संभावना रहेको छ।
यस्तै राती प्रदेश १ सहित देशका पहाडी भू–भागहरुमा सामान्य बदली र बाँकि भू–भागहरुमा आंशिक बदली रहने छ।
प्रदेश १ का साथै अन्य पहाडी भू–भागका थोरै स्थानहरुमा मेघगर्जन सहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले उल्लेख गरेको छ । सुदुरपश्चिम प्रदेश र लुम्बिनी प्रदेशका एक/दुइ स्थानहरुमा भारी वर्षाको समेत संभावना रहेको छ।
















आर्थिक सङ्कटबीच पाकिस्तानलाई आईएमएफको नयाँ सहयोग
चिनियाँ परराष्ट्रमन्त्रीद्वारा मन्त्री खनाललाई बधाई, द्विपक्षीय सम्बन्ध सुदृढ बनाउने प्रतिबद्धता
भारत सरकारद्वारा थप १९ थान वान टन सवारी हस्तान्तरण
इरानका संवेदनशील क्षेत्रमा आक्रमण, तर जोखिम न्यून
कानुन कार्यान्वयनमा लाग्न गृहमन्त्रीको निर्देशन
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक जारी
जेनजी आन्दोलनको प्रतिवेदनसहित तीन वटा दस्तावेज सार्वजनिक गर्ने प्रधानमन्त्रीको निर्णय
आइसीसी महिला च्यालेन्ज ट्रफी खेल्ने प्रारम्भिक टोली घोषणा
अनैतिक क्रियाकलापमा संलग्न युगाण्डाका २० महिला ठमेलबाट पक्राउ
पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर १५ रुपैयाँले मुल्य बढ्यो
प्रतिक्रिया