कोरियाले निर्माण गर्यो आफैंले कोरोना परीक्षण गर्न मिल्ने किट
हरेक पसलमा उपलब्ध हुने

सउल । दक्षिण कोरियाले आफूलाई कोरोना सङ्क्रमण भए नभएको थाहा पाउन आफैंले परीक्षण गर्न मिल्ने किट निर्माण गरेको छ । किट यहाँका दुई औषधि निर्माता कम्पनी हुमासिस र एसडी बायोसेन्सरले निर्माण गरेका हुन् ।
उक्त किटमार्फत आफूलाई कोरोना लागेको शङ्का लागेमा घरमै बसेर आफ्नो परीक्षण गरी निश्चिन्त हुन सकिन्छ । घरमै बसी आफ्नो स्वाबमार्फत परीक्षण गरिने यो किटले परीक्षण गरेको १५ मिनेटमै कोरोना भाइरस लागे नलागेको पत्ता लगाउन सकिन्छ ।
यतिमात्र नभई यो किट अब हरेक २४ घण्टे पसलमा सहजै उपलब्ध हुने भएको छ । यहाँका जी एस–२५, सेभेन इलाभेन, इ–मार्टलगायतका २४ घण्टे पसलबाट सजिलै खरिद गर्न सकिने उक्त किटको खुद्रा मूल्य १० हजार कोरियन वन अर्थात् झण्डै एक हजार नेपाली रुपैयाँ पर्छ ।
यसको सहायताले अब प्रयोगकर्ताले सहजै आफ्नो नतिजा थाहा पाई पोजिटिभ आए सेल्फ आइसोलेशन बस्ने तथा थप पिसिआर जाँच गरी स्वास्थ्य सुरक्षा अपनाउन सक्नेछन् ।
कोरियामा पछिल्लो समय कोरोना भाइरसको प्रकोप थप बढ्न थालेपछि सरकारले परीक्षणको दायरा बढाउन उक्त नीति अवलम्बन गरेको बताइएको छ । (रासस)

















नेपाल–भारत आर्थिक सहकार्यलाई थप सहज र परिणाममुखी बनाउन अध्यक्ष ढकालको जोड
विश्वकपमा आजदेखि सुपर–८ का खेल हुँदै, न्युजिल्याण्ड र पाकिस्तान भिड्ने
आहा रारा पोखरा गोल्डकपको उपाधिका लागि आज जावलाखेल र सहारा भिड्दै
एमाले अध्यक्ष ओली आज झापा जाँदै, यस्तो छ कार्यक्रमकाे तालीका
आचारसंहिताविपरीत टाँसिएका बीस हजार प्रचार सामग्री हटाइयो
शिवरात्रिको दिन पशुपतिमा प्रहरी कुट्ने युवक पक्राउ
रूसले कब्जा गरेको युक्रेनी भूभागका बिषयले राेक्याे सम्झौता
धनगढी पुगेर बालेनले भने – भोट होइन, काम माग्न आएका हाैं
पाँच स्थानीय तहमा ‘सामुदायिक नर्सिङ तथा घरदैलो’ कार्यक्रम प्रभावकारी
सहारा क्लब ‘आहा रारा पोखरा गोल्डकप’को फाइनलमा
प्रतिक्रिया