आज २०८२ साल भदौ २७ गते शुक्रबारको राशिफल

काठमाडौं । आज २०८२ साल भदौ २७ गते शुक्रबार। भाद्र कृष्ण पक्षको पञ्चमी तिथि। तदनुसार सन् २०२५ सेप्टेम्बर १२ तारिख। सोह्र श्रद्धको पञ्चमी र षष्ठी श्राद्ध परेको। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ।
मेष : दिन आलस्यमय रहन सक्छ। समयलाई आफ्नो अनुकूल बनाउन सकिनेछ। आर्थिक पक्ष सामान्य रहनेछ। कार्यक्षेत्र र व्यापार व्यवसायमा इष्टमित्रहरूको सहयोग मिल्ला। आजको शुभ रंग रातो हो भने शुभ अंक ५ रहेको छ।
वृष : सोचविचार गरेर बोल्दा राम्रो रहनेछ । समय वा परिस्थितिले गर्दा आफन्तबाट टाढिनुपर्ला। विद्यार्थीहरूको तर्कशक्तिमा वृद्धि हुनेछ। बच्चाहरूलाई बिमारीबाट जोगाउनुहोस्। आजको शुभ रंग सेतो हो भने शुभ अंक ७ रहेको छ।
मिथुन : आयस्रोतमा वृद्धि हुनेछ। श्रमको उचित मूल्यांकन मिल्नेछ। धैर्य र पराक्रमले आँटेका कार्य सम्पादन हुनेछन्। साना भाइबहिनीहरूमा आत्मीयता बढ्नेछ। आजको शुभ रंग खैरो हो भने शुभ अंक २ रहेको छ।
कर्कट : स्वास्थ्यमा सुधार आउनेछ। प्रेम सम्बन्ध र शिक्षाको क्षेत्रमा सफलता मिल्नेछ। सामाजिक मान प्रतिष्ठा बढ्नेछ। कार्यक्षेत्रमा नयाँ अवसर मिल्नेछ। आजको शुभ रंग बैजनी हो भने शुभ अंक २ रहेको छ।
सिंह : अन्जान व्यक्तिबाट सावधान रहनुहोला। कार्यक्षेत्रमा योजना बनाएर कार्य गर्नुहोस् सफलता मिल्नेछ। दाम्पत्य जीवन संघर्षपूर्ण रहन सक्छ। आजको शुभ रंग रातो हो भने शुभ अंक ३ रहेको छ।
कन्या : स्वास्थ्य सबल रहनेछ। व्यापार व्यवसायमा जीवनसाथीबाट सहयोग पाइएला। शेरय बाजारबाट लाभ आर्जन गर्न सकिएला। सकेसम्म यात्रा नगर्नुहोला। आजको शुभ रंग हल्का निलो हो भने शुभ अंक ५ रहेको छ।
तुला :कार्यक्षेत्रमा बोलीको माध्यमले कार्य सिद्ध हुनेछ। पिताको सहयोगले रोकिएका काम बन्नेछन्। नयाँ कार्यमा प्रतिद्वन्दीहरू हार खाने छन्। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक २ रहेको छ।
वृश्चिक : खानपिनमा सावधानी अपनाउनुहोस्। शत्रुहरू सक्रिय रहनेछन्। अवसरवादीहरूले खुट्टा तान्नेछन्। नमागेसम्म अरूलाई सल्लाह नदिनुहोस्। आजको शुभ रंग सेतो हो भने शुभ अंक ५ रहेको छ।
धनु : परिश्रम देखेर आफन्तहरुले पनि साथ दिनेछन्। भाग्यको साथ मिल्नेछ। उच्च शिक्षा लाई नयाँ अवसर मिल्ला। निरन्तर प्रयास नै सफलताको कुञ्जी हो। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ४ रहेको छ।
मकर : झुठो आरोप लाग्नाले अनावश्यक खर्चका योग छन् साबधान रहनुहोला। राजनीतिक क्षेत्रमा लाभ रहनेछ। मनबाट परेशान रहनुहोला। आजको शुभ रंग निलो हो भने शुभ अंक ४ रहेको छ।
कुम्भ : बौद्धिक क्षेत्रमा उन्नति हुनेछ। आयआर्जनका नयाँ स्रोत फेला पर्नेछन्। समस्या दर्साउँदा सहयोगीहरूले साथ दिनेछन्। सकारात्मक रहने प्रयास गर्नुहोस्।| आजको शुभ रंग खैरो हो भने शुभ अक ६ रहेको छ।
मीन : प्रतिक्षित इच्छा र आकांक्षाको पूर्ति हुनेछ। सन्तानको प्रगतिले प्रसन्नता मिल्नेछ। प्रेम सम्बन्ध कसिने र दाम्पत्य जीवन सुखमय रहनेछ। अनावश्यक नबोल्नुहोस् नत्र समस्यामा पर्न सक्नुहुन्छ। आजको शुभ रंग हरियो हो भने शुभ अंक ७ रहेको छ।

















इरानका नयाँ सर्वोच्च नेता नियुक्त भएकाेमा पुटिनले मोज्तबालाई दिए बधाई
गृहमन्त्री अर्याल काठमाडौँ प्रहरी परिसरमा !
कांग्रेस सभापति गगन थापा राजीनामा दिने तयारीमा
खोटाङमा श्रम संस्कृति पार्टी समानुपातिकतर्फ पहिलो
२१० दिनपछि शुक्लाफाँटा आरक्ष विस्थापितको अनशन अन्त्य
राष्ट्रिय दल बन्ने दाैडमा कुन-कुन पार्टी ?
सर्लाही-४ : गगन थापा ३२ सय मतले पछाडि
गोरखा – १ मा सुधन गुरुङको सुरुवाती अग्रता
नेपाललाई बधाइ दिँदै मोदीले भने – नयाँ सरकारसँग सहकार्य गर्न प्रतिबद्ध छाैं
ओखलढुंगामा रास्वपाका विश्वराज पोखरेल ५ मतको अन्तरमा विजयी
प्रतिक्रिया