बुधबार, मंसिर १०, २०८२

आजको मौसम पूर्वानुमानः कोशी, बागमती र गण्डकी प्रदेशका एकदुई स्थानमा भारी वर्षा

मेरोन्यूज २०८२ भदौ २९ गते ७:५५

काठमाडौँ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास अवस्थित रहेको छ । जल तथा मौसम विज्ञान मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया बदली रहनेछ । देशका पहाडी भागका केही तथा तराई भागका केही स्थानमा मध्यम वर्षाको सम्भावना छ ।

कोशी प्रदेशलगायत बागमती र गण्डकी प्रदेशका पहाडी भागका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ । त्यसैगरी, आज राति देशभर साधारणतया बदली रहनेछ ।

कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थान र अन्य प्रदेशका बाँकी भागका केही स्थानमा मध्यम वर्षाको सम्भावना छ । कोशी, मधेस र लुम्बिनीलगायत गण्डकी प्रदेशका पहाडी भागका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ।

प्रतिक्रिया