सिरहामा ३७ वटा भौतिक संरचनामा क्षति

सिरहा । जेनजी आन्दोलनका क्रममा जिल्लामा १२ स्थानीय तहका कार्यालयसहित कम्तीमा ३७ वटा भौतिक संरचनामा तोडफोड र आगजनी भएको छ ।
जिल्ला प्रहरी कार्यालयले सङ्कलन गरेको प्रारम्भिक विवरणअनुसार सरकारी र निजी दुवै सम्पत्तिहरूमा पूर्ण, आंशिक र सामान्य क्षति पुगेको छ । जिल्ला प्रहरीका सूचना अधिकारी वीरेन्द्रकुमार पासवानका अनुसार, प्रदर्शनका क्रममा सात वटा वडा कार्यालयमा तोडफोड तथा आगजनी गरिएको छ ।
आन्दोलनकारीले जिल्ला अदालत, नापी कार्यालय, जिल्ला सरकारी वकिल कार्यालय, आन्तरिक राजस्व कार्यालय लहान, डिभिजन वन कार्यालय लहान, यातायात व्यवस्था विभाग लहान, नेपाल खाद्य संस्थान लहानलगायतका कार्यालयमा तोडफोड र आगजनी गरेका छन् ।
पूर्वमन्त्री लीलानाथ श्रेष्ठ, सङ्घीय सांसद तथा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री शत्रुधनप्रसाद सिंह, गोलबजार नगरपालिका प्रमुख श्याम श्रेष्ठ, धनगढीमाई नगरपालिकाका मेयर शिवशङ्कर महतो र गोलबजार–६ का वडाध्यक्ष सञ्जीव लामाका निजी सम्पत्तिमा पनि क्षति पुगेको प्रनाउ पासवानले जानकारी दिए ।
प्रहरीका आठ वटा चौकीमा तोडफोड तथा १० वटा चौकीमा आगजनी गरिएको छ । साथै, प्रहरीले प्रयोग गर्दै आएका तीनवटा चारपाङ्ग्र्रे र छवटा दुईपाङ्ग्रे सवारीसाधनमा तोडफोड गरिएको छ । तीनवटा मोटरसाइकल पूर्ण रूपमा जलाइएको छ ।
आन्दोलनको क्रममा तीनवटा सञ्चार सेटहरूमा क्षति पुगेको प्रहरीले जनाएको छ ।प्रदर्शनमा नौ जना प्रहरी सामान्य घाइते भएका छन् भने सर्वसाधारणतर्फ कुनै मानवीय क्षति नभएको जनाइएको छ । क्षतिको विवरण सङ्कलन जारी छ ।










यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
नारायणघाट बुटवल खण्डको नारायणी नदि पुल क्षेत्रमा दुई दिन राति गाडी सञ्चालनमा रोक
कस्ताे रहला आज देशभरको मौसम ?
दोस्रो संस्करणको एनपीएल : आज लुम्बिनी र चितवन भिड्दै
मृत्युदण्डको सजायपछि शेख हसिनाले के भनिन् ?
जिपी कोइराला फाउन्डेशन अमेरीका च्याप्टरको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न
आज २०८२ साल मंसिर २ गते मंगलबारको राशिफल
जाडोमा गुड खानुका फाइदै फाइदा, दिनमा कति खाने ?
बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई मृत्युदण्डको सजाय
प्रतिक्रिया