सोमबार, वैशाख ८, २०८२

चेकिङमा बसेका हवल्दारको गाडीको ठक्करबाट घटनास्थलमै मृत्यु

मेरोन्यूज २०७८ वैशाख ३० गते १३:४०


बुटवल । इलाका प्रहरी कार्यालय रुद्रपुरमा कार्यरत प्रहरी हवल्दार को मृत्यु भएको छ । रूपन्देहीको कन्चन गाउँपालिका ४ थकाली चोकमा चेकिङमा रहेका क्रममा इलाका प्रहरी कार्यालय रुद्रपुरमा कार्यरत प्रहरी हवल्दार ३६ वर्षीय कर्णबहादुर बुढा मगरको मृत्यु भएको हो । सडकमा चेकिङका क्रममा गाडीले ठक्कर दिँदा बुढामगरको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

बुढा मगरको शव अहिले पोष्टमार्टमका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा राखिएको छ । सडकमा विभिन्न स्थानमा राखिएका सिसिटिभी क्यामेराको माध्यमबाट ठक्कर दिने गाडीको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

प्रतिक्रिया