प्रतिगामीहरूले व्यवस्था उल्टाउन खोज्दैछन्, सचेत बनौैँः मुख्यमन्त्री कँडेल

कर्णाली, १ असोजः कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले पछिल्लो समय प्रतिगामीहरू गणतन्त्र उल्टाउन दुष्प्रयासमा लागेको बताउनुभएको छ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) वीरेन्द्रनगर कमिटीद्वारा आज सुर्खेतमा आयोजित भेलामा उहाँले ७० वर्ष लामो सङ्घर्षपछि ल्याइएको गणतन्त्र र संविधानमाथि प्रहार गर्न थालेकाले नागरिक सचेत हुनुपर्नेमा जोड दिनुभयो । मुख्यमन्त्री कँडेलले राजनीतिक परिस्थिति नयाँ मोडतर्फ गएको र संविधान अर्धमृत अवस्थामा पुगेको भन्दै नागरिकस्तरबाटै होसियार रहनुपर्ने बताउनुभयो । “सात दशकको त्याग, बलिदान र सङ्घर्षपछि ल्याइएको संविधान समस्यामा छ । यसलाई जोगाउन सम्पूर्ण नागरिक सचेत हुन जरूरी छ”, उहाँले भन्नुभयो, “सरकारले बेलैमा कानुनी संरचना परिवर्तन नगरेको र संवैधानिक व्यवस्था कार्यान्वयनमा कमजोर देखिएका कारण यो अवस्था आएको हो । अब सबै सुध्रिनुपर्छ ।” पार्टी कार्यकर्तालाई जनस्तरमा मजबुत सम्बन्ध बनाउन, विश्वास जगाउन र सङ्गठनलाई बलियो बनाउन आह्वान गर्दै कँडेलले व्यक्तिगत विषयभन्दा परिस्थिति बुझेर दायित्व पूरा गर्नुपर्ने बताउनुभयो । उहाँले संविधान दिवसलाई विशेष रूपमा मनाउनुपर्ने बताउनुभयो । —
















महालक्ष्मी विकास बैंकको वित्तीय साक्षरता तथा सचेतना कार्यक्रम सम्पन्न
अमेरिकाविरुद्ध इरानको तयारी तीव्र, हर्मुज बन्द गर्ने चेतावनी
चीनद्वारा समुद्रबाट स्मार्ट ड्रागन–३ रकेटको सफल प्रक्षेपण
सेयर बजारमा सामान्य अंककाे वृद्धि
नेपाल लाइफद्वारा २०८३ सालको क्यालेन्डर सार्वजनिक
राष्ट्रिय सभा सदस्य नपाएपछि प्रधानमन्त्रीका सल्लाहकारद्वयकाे राजीनामा !
इरानद्वारा डिएगो गार्सियामा क्षेप्यास्त्र प्रहारपछि किन आत्तियाे अमेरिका ?
सर्वोच्च नेता खामेनी भन्छन्- इरानका शत्रुहरूले गलत हिसाब गरे
इरान युद्ध : एक नेपालीको निधन, २० जना घाइते र सात पक्राउ
सुरेन्द्र पाण्डेको टिप्पणी- कार्यशैली परिवर्तन नगरे अर्को चुनावपछि एमाले स्कुटरमा अट्ने बन्छ
प्रतिक्रिया