तन्जानियामा बस र ट्रक एकआपसमा ठोक्किँदा ९ जनाको मृत्यु, १६ जना घाइते

तन्जानियाको मध्य भागस्थित डोडोमा क्षेत्रमा बिहीबार बिहान भएको एक सडक दुर्घटनामा नौ जनाको मृत्यु भएको छ भने सो दुर्घटनामा परेर १६ जना घाइते भएका छन् । मृत्यु हुनेमध्ये चार जना विद्यार्थी रहेको पुष्टि भएको छ ।
डोडोमा क्षेत्रीय प्रहरी कमाण्डर गालुस ह्येराका अनुसार दुर्घटना चेम्बा जिल्लाको न्यासा क्याम्प क्षेत्रमा स्थानीय समय अनुसार बिहान ६ः४० बजे भएको हो ।
“प्रारम्भिक अनुसन्धान अनुसार ट्रक चालकले आफ्नो लेन छोडेर बसतर्फ सिधै ठोक्किएको देखिन्छ,” ह्येराले बताए ।
“दुर्घटनामा बसको अगाडिदेखि पछाडिसम्मको भाग पूर्ण रूपमा क्षतिग्रस्त भएको थियो ।”
बस चालकको घटनास्थलमै ज्यान गएको थियो भने ट्रक चालक घाइते अवस्थामा डोडोमा क्षेत्रीय रेफरल अस्पतालमा भर्ना गरिएको छ ।
डोडोमा क्षेत्रीय आयुक्त रोस्मेरी सेन्यामुलेले दुर्घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै जनाइन् कि पाँच जनाको मृत्यु घटनास्थलमै भएको थियो भने बाँकी चार जनाले उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमै ज्यान गुमाएका हुन् ।










तनावका बीच इरानले गर्याे क्षेप्यास्त्र परीक्षण
किन फिर्ता बोलायो अमेरिकाले नेपालबाट राजदूतलाई ?
रवि लामिछाने र बालेनबीच भेटवार्ता
कांग्रेस क्रियाशील सदस्यताको फारम पुस ९ गते भित्र भर्नुपर्ने
क्षेप्यास्त्र कार्यक्रममा कुनै सम्झौता हुँदैन -इरान
रबि लामिछानेले बुझाए चार अदालतमा ५ कराेड २७ लाख धराैटी : पैसाको स्रोतबारे उठ्न थाल्याे प्रश्न
काठमाडौँ–१ बाट रवीन्द्र मिश्रसहित तीन जना उम्मेदवारकाे नाम सिफारिस
राष्ट्रियसभाका लागि दाङ ३ बाट कांग्रेसका कृष्णकुमार गिरी सिफारिस
कार्की ब्याङ्क्वेटमा ईश्वर पोखरेल समूहको भेला
जीवन विज्ञानद्वारा संयुक्त राष्ट्रसङ्घमा ध्यानसम्बन्धी कार्यक्रम प्रस्तुत
प्रतिक्रिया