सुदूरपश्चिमका २८ स्थानमा सुपथ मूल्यका पसल सञ्चालन

दोधारा चाँदनी।सुदूरपश्चिमका २८ स्थानमा चाडपर्वलक्षित सुपथ मूल्यका पसल सञ्चालन भएका छन् । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले सुदूरपश्चिमका विभिन्न जिल्लामा चाडपर्वलक्षित सुपथ मूल्यका पसल सञ्चालनमा ल्याएका हुन् ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनीले दसैँ, तिहार र छठ पर्वलाई लक्षित गर्दै सुदूरपश्चिमका २० स्थानमा सुपथ मूल्यका पसल सञ्चालन गर्नेछ भने साल्ट ट्रेडिङले आठ स्थानमा पसल सञ्चालन गरेको जनाइएको छ ।
खाद्य व्यवस्था लिमिटेडको प्रदेश कार्यालयका प्रादेशिक प्रमुख दीपक थापाले भने, ‘हामीले सुपथ मूल्यका पसलबाट दुई प्रकारका चामल र चिनी प्रतिकिलो रु पाँच छुटमा उपलब्ध गराउनेछौँ । गत भदौ ३० गतेदेखि सुपथ मूल्यका पसल सञ्चालनमा आएका हुन् ।’
उनका अनुसार कैलालीको धनगढी, डडेलधुराको खलङ्गा बजार, कञ्चनपुरको शाखा कार्यालय महेन्द्रनगर, डोटीको खलङ्गा बजार र मौवानगर खरिद बिक्री केन्द्रमार्फत सुपथ मूल्यका पसल सञ्चालन गरिएको हो ।
बाजुराको शाखा कार्यालय मार्तडी, डिपो कार्यालय कोल्टी, धुलाचौर बिक्री केन्द्र, बिच्छाया बिक्री केन्द्र र पाण्डुसैन बिक्री केन्द्र, बैतडीको गोठालापानी र परचौडीहाट बिक्री केन्द्र, रोलेश्वर, आम्चौरा र दोगडाकेदार खरिद बिक्री केन्द्रमा सुपथ मूल्यका पसल सञ्चालनमा छन् ।
दार्चुलाको शाखा कार्यालय, सुनकेसरा बिक्री केन्द्र, हिकिला र खण्डेश्वरी खरिद बिक्री केन्द्र र अछामको शाखा कार्यालय मङ्गलसेन, सैनाबजार, साफेबगर, कमल बजार खरिद बिक्री केन्द्रबाट सेवा सुरु भएको प्रमुख थापाले जानकारी दिए ।
साल्ट ट्रेडिङ कर्पोरेसनका प्रदेश कार्यालय प्रमुख तेजबहादुर कुवँरले सुदूरपश्चिमका आठ स्थानबाट सुपथ मूल्य पसल सञ्चालन गर्ने जानकारी दिए । उनले साल्ट ट्रेडिङबाट सञ्चालन हुने सुपथ मूल्यका पसलमा नुनमा प्रतिकिलो रु दुई, चिनीमा प्रतिकिलो रु पाँच, तेल चिउरा, पिठो मैदा र दालमा प्रतिकिलो रु सात छुट दिने बताए ।
डडेल्धुरा, कैलालीको धनगढी, टीकापुर र अत्तरिया, कञ्चनपुरको बेलौरी र महेन्द्रनगर, डोटीको दिपायल, बैतडीको पाटनबाट सुपथ मूल्यका पसल सञ्चालन गरिएको साल्ट ट्रेडिङले जनाएको छ ।
















सूर्यविनायक–धुलिखेल सडक विस्तार : तीनवर्षमा ६७ प्रतिशत भौतिक प्रगति
आज विश्व जल तथा मौसम दिवस मनाइँदै
पश्चिमी र स्थानीय वायुको प्रभाव : कस्तो रहला आजको मौसम ?
नेपाली मूलका नागरिकका लागि विमानस्थलमा अलग्गै डेस्क राखिने
राष्ट्रिय सभा सदस्य नपाएपछि प्रधानमन्त्रीका सल्लाहकारद्वयकाे राजीनामा !
इरानद्वारा डिएगो गार्सियामा क्षेप्यास्त्र प्रहारपछि किन आत्तियाे अमेरिका ?
सुनचाँदीकोे मूल्य निरन्तर ओरालोतिर, आज कतिमा काराेबार हुँदैछ ?
रास्वपाले संसदीय दलको नेताका लागि निर्वाचन नगर्ने
इरान युद्ध : एक नेपालीको निधन, २० जना घाइते र सात पक्राउ
प्रतिक्रिया