वीरगञ्ज महानगरले पुनःनिर्माणका लागि छुट्यायो रु ३० अर्ब रकम

वीरगञ्ज (पर्सा)। वीरगञ्ज महानगरले चालु आर्थिक वर्ष २०८२/८३ का लागि विनियोजित गरिएको बजेट पुनःनिर्माणमा केन्द्रित गरेको छ । महानगरले गत भदौ २३ र २४ गते भएको ‘जेनजी’ प्रदर्शनका क्रममा भएको तोडफोड र क्षतिग्रस्त संरचनाको पुनःनिर्माणका लागि बजेट खर्च गर्ने भएको हो ।
यहाँ आज आयोजना गरेको नगरसभाको २८औँ विशेष अधिवेशनले पुनःनिर्माणसम्बन्धी प्रस्तावलाई सर्वसम्मत पारित गरेको जनाएको छ । जेनजी समूहले प्रदर्शनका क्रममा यहाँका भवन र सवारीसाधन तोडफोड र लुटपाट भएको थियो । वीरगञ्ज महानगरका प्रमुख राजेशमान सिंहले महानगरको संशोधित बजेट पेस गर्दै बजेटका प्राथमिकतासमेत परिवर्तन गर्नुपरेको बताए।
महानगरको १७औँ नगरपरिषद्ले यसअघि आव २०८२÷८३ का लागि रु तीन अर्ब २२ करोड ४८ लाख ४९ हजारको बजेट विनियोजन गरेको थियो । विशेष अधिवेशनले बजेटमा भएका नगरस्तरीय पुँजीगत योजना, सामाजिक विकास कार्यक्रम तथा वडास्तरका योजनामा विनियोजन गरिएको रकमलाई पुनःनिर्माणतर्फ स्थानान्तरण गर्ने निर्णय गरेको छ ।
संशोधनपश्चात् करिब रु ३० करोड पुनःनिर्माणका लागि उपलब्ध हुने भएको छ । संशोधित बजेटले प्रशासनिक भवन निर्माण, सवारीसाधन खरिद, मेसिनरी उपकरण, ल्यापटप, कम्प्युटर, प्रिन्टर तथा फर्निचर खरिद, कार्यालय भवन मर्मत, गाडी भाडा, बिजुली बत्ती र अन्य आवश्यक सामग्री खरिदमा खर्च गर्ने प्रावधान गरेको छ ।
विशेष अधिवेशनले जेनजी प्रदर्शनका क्रममा काठमाडौँमा भएको प्रदर्शनमा प्रहरीको गोली लागेर मृत्यु भएका गरेका वीरगञ्ज महानगरपालिका वडा नं १२ का असहाब आलमको परिवारलाई रु पाँच लाख उपलब्ध गराउने प्रस्ताव पारित गरेको छ ।
















२७औँ फ्लोरा एक्स्पो एक करोड २२ लाखको कारोबार
C General Secretary urges govt to release Karki-led Commission’s report
न्यूयोर्कमा विमान दुर्घटना,उडानहरू प्रभावित
यामाहाद्वारा नेपालकै पहिलो हाइब्रिड मोटरसाइकल सार्वजनिक
म्याग्दीमा मार्ग खुलेको १८ वर्षपछि सडक स्तरोन्नति
राष्ट्रिय सभा सदस्य नपाएपछि प्रधानमन्त्रीका सल्लाहकारद्वयकाे राजीनामा !
इरानद्वारा डिएगो गार्सियामा क्षेप्यास्त्र प्रहारपछि किन आत्तियाे अमेरिका ?
सर्वोच्च नेता खामेनी भन्छन्- इरानका शत्रुहरूले गलत हिसाब गरे
इरान युद्ध : एक नेपालीको निधन, २० जना घाइते र सात पक्राउ
सुरेन्द्र पाण्डेको टिप्पणी- कार्यशैली परिवर्तन नगरे अर्को चुनावपछि एमाले स्कुटरमा अट्ने बन्छ
प्रतिक्रिया