नेपाली क्रिकेट टोलीलाई युएईले दियो भिसा, भोलि उड्ने
मेरोन्यूज
२०८२ असोज ५ गते १४:३८

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीले संयुक्त अरब इमिरेट्स (यूएई) को भिसा प्राप्त गरेको छ ।
नेपाल क्रिकेट संघ (क्यान)का प्रवक्ता छुम्बी लामाले आज एक विज्ञप्ति जारी गर्दै यूएईले नेपाली खेलाडिलाई भिसा दिएकाे जानकारी दिएका छन् । भिसा पाएसँगै टोली भोलि त्यसतर्फ प्रस्थान गर्ने भएका छन् ।
भदाै २३ र २४ गतेकाे जेनजी आन्दोलनपछि यूएईले नेपालीहरूलाई भिसा दिन रोकेको थियो । खेलाडीहरूले केही दिन अगाडि भिसाका लागि आवेदन दिएका थिए ।
नियमित प्रक्रियाबाट भिसा नआएपछि क्यानले इमरेट्स क्रिकेट बोर्ड र अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) मा समेत पहल गरेको थियो ।
सम्बन्धित














कर छुटको सुविधा चैत मसान्तसम्म
निर्वाचन आयोग पुग्यो सभापति गगन थापाको टोली
यस्ता छन् गगन थापा नेतृत्वको कांग्रेस केन्द्रीय समिति बैठकका निर्णय
पर्यटकीय गन्तव्य बन्दै रसुवा, ६ महिनामा ३२ हजार बढीले गरे भ्रमण
नेपालमा कन्टेन्ट खोज्ने प्रमुख प्लेटफर्मको रूपमा लोकप्रिय बन्दै टिकटक
कांग्रेसले बोलायो केन्द्रीय कार्यसमिति बैठक
जसपा उपाध्यक्ष शिवलालको समूह र लिम्बुवान क्रान्तिकारी पार्टी नेकपामा समाहित
कांग्रेस विशेष महाधिवेशन र संस्थापन पक्षबीच बालुवाटारमा वार्ता जारी
तीन तहबीच कमजोर समन्वयले विकास योजनामा बाधा : उपाध्यक्ष श्रेष्ठ
प्रतिक्रिया